देवीटारमा ल्होछारको रौनक (फोटो फिचार सहित)

धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं. १, देवीटारमा सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

देवीटारमा ल्होछारको रौनक (फोटो फिचार सहित)

सुनौलो देवीटार युवा क्लबको आयोजनामा उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्व कानून तथा न्यायमन्त्री शेरबहादुर तामाङले गरेका थिए ।

तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा आयोजित उक्त कार्यक्रममा देवीटारबासीको उल्लेख्य उपस्थिति रहेका थिए ।

कार्यक्रममा धुलिखेल नगरप्रमुख अशोककुमार व्याञ्जु, उपप्रमुख विमला सुवेदी, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका महासचिव इन्द्रबहादुर थिङ, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य ग्याम्जो थोकर, अन्तर्राष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष अस्मिता वाईबा लयातका उपस्थिति रहेका थिए ।

कार्यक्रमममा कलाकारहरु इन्दिरा गोले, विश्व दोङ, विशाल काल्तान, बैरागी मोक्तान, लेखबहादुर मोक्तान, ज्यक गुरुङ, वर्षा थिङ र शर्मिला थिङ लगायका कलाकारहरुले भरपूमात्रामा मनोरञ्जन दिएका थिए ।

वर्षा भइरहेको अवस्थामा समेत देवीटारबासीले वर्षातको वास्तै गरेनन् । कार्यक्रम क्लबका अध्यक्ष विजय सिं लामाको अध्यक्षतामा र सञ्चारकर्मी जगतमान बल तथा गायिका शर्मिला थिङको सञ्चालनमा भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।