काभ्रे । जिल्लाको धुलिखेल नगरपालिकाको ३३ औं स्थापना दिसव समारोह भव्यताका साथ सम्पन्न भएको छ । यस अवसरमा धुलिखेल नगरपालिकालाई साक्षर नगर समेत घोषणा गरेको छ ।
कार्यक्रमको उद्घाटन सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद गौतमले गरेका थिए । २०४३ साल फाल्गुण ५ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरि धुलिखेल नगरपञ्चायतको गठन गरेको आजकै दिनलाई नगरले स्थापना दिनको रुपमा मनाउँदै आएको छ ।

कार्यक्रममा नगर प्रमुख अशोक कुमार व्याञ्जुले नगरले बनाएको अल्पकालीन र दिर्घकालीन योजनाहरु कार्यन्वयको अवस्थाकोबारेमा जानकारी दिएका थिए । धुलिखेल नगरपालिकालाई स्मार्टसिटीको रुपमा विकसित गर्ने, एकीकृत नगर विकास योजना तर्जुमा गर्ने, पाँचवर्ष भित्र सम्पूर्ण धुलिखेलबासीलाई स्वच्छ खानेपानी पु¥याउने, धुलिखेललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने, धुलिखेललाई सुरक्षित, व्यवस्थित, सुविधा सम्पन्न, आकर्षक आवास केन्द्रको रुपमा विकास गर्ने, फोहर मैलाको दिगो व्यवस्थापन गर्ने, सम्भावनाको आधारमा एक वडा एक कषि उत्पादन नीतिलाई जोड दिने लगायतका कार्यक्रमहरु घोषणा गरेको नगर प्रमुख ब्याञ्जुले जानकारी दिए ।

त्यसैगरि व्याञ्जुले नगरले हालसम्म सम्पन्न भएका र हुँदै गरेको महत्वपूर्ण कार्यहरुको विवरण समेत सार्वजनिक गरे ।
नगरलाई स्मार्ट सिटी बनाउने अभियान अनुरुप नेपालकै पहिलो मोवाईल एप्सको रुपमा नगरपालिका सम्बन्धी सम्पूर्ण विवरणहरु सहितको मोवाईल एप्स निर्माण गरिएका बताए । ‘मोबाईल एप्स र वेवसाईटबाट कर दाताले आफ्नो विवरण हेर्न सक्ने व्यवस्था गरिउको छ ।’ उनले भने, ‘निकट भविष्यमा अनलाइन माफृत कर तिर्न सक्ने व्यवस्था गर्न कम्प्युटर सफ्टवेयरलाई अपडेट गर्ने तथा आवश्यक पूर्वाधार विकासको काम भइरहेको छ ।’

त्यसेगरि उनले धुलिखेल नगरपालिकामा आउने पर्यटनहरु तथा स्थानीय बासीहरुलाई समेत इनटरनेटमा पहुँचको लागि नगरका महत्वपूर्ण स्थानहरुमा फ्रि वाईफाई जडान गरी संचालनमा ल्यइएको समेत जानकारी गराएका थिए ।
धुलिखेल नगरपालिकाको एकिकृत शहरी विकास योजनालाई अन्तिम रुप दिनको लागि स्थानीय बुद्धिजिवी, विषयगत विज्ञ, जनप्रतिनिधि तथा कर्मचारी समेतको सहभागितामा प्रस्तुतिकरण, छलफल र सुझाब संकलन कार्यक्रम सम्पन्न भई अन्तिम रुपम दिन कार्य सम्पन्न गरिएको उनले बताए ।
ब्याञ्जुले धुलिखलेको शिक्षा क्षेत्रको सुधारको लागि बहुकक्षा बहुस्तर शिक्षण पद्धति कार्यान्वयनका लागि साझेदार संस्था जिएनएचए र शैक्षिक सशक्तिकरण केन्द्रसँग सम्झौता भई १२ वटा विद्यालयहरुको १६ वटा कक्षाका लागि कार्यक्रम सञ्चालन भइरहेको नगरबासीलाई जानकारी गराए ।

नेपाल सरकारबाट प्रदान गरिने केन्द्रीय अनुदान काभ्रे जिल्लामै सबैभन्दा कम प्राप्त गर्नु, ढुंगा, गिटी, बालुवा जस्ता प्राकृतिक स्रोतको लाभबाट समेत बन्चित हुनु जस्ता आर्थिक मारमा रहेर पनि जिल्ला तथा राष्ट्रमै नमुना कामको आशा र अपेक्षा पूरा गरेको जनाउदै नगर प्रमुख ब्याञ्जुले नगरपालिकालाई बालमैत्री नगर, वातावरणमैत्री नगर, एक घर एक धारा भएको नगर, हरियालीयुक्त स्मार्ट सहरको रुपमा बिकास गर्ने प्रतिबद्धता जाहेर गरे ।
धुलिखेल नगरपालिका अब साक्षर नगर
कार्यक्रममा धुलिखेल नगरपालिकालाई साक्षर नगर समेत घोषणा गरेको छ । यससँगै स्थानीय तहमा दोस्रो भएको छ । यस अघि खानीखोल नगरपालिका काभ्रेको पहिलो साक्षर स्थानीय तह घोषणा गरिएको थियो ।
धुलिखेल नगरले एक घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रमा ९८ प्रतिशत भन्दा बढी साक्षर जनसंख्या रहेको उल्लेख छ । ‘२०६८ सालको जनगणना अनुसार यस नगरमा ६ हजार ८ जना निरक्षर रहेकोमा हाल ५ हजार ३ सय ८७ जना साक्षर भई कुल साक्षरता प्रतिशत ९८.०७ कायम भएको छ ।’ –घोषणा पत्रमा भनिएको छ ।

यस नगरमा औपचारीक शिक्षा तर्फ ३६ वटा सामुदायिक विद्यालय र १४ वटा नीजि विद्यालय रहेको छ ।
कार्यक्रममा संघीय सांसद गंगाबहादुर तामाङ, प्रदेश सांसद चन्द्र लामा, बसुन्धारा हुमागाईं, जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेका थिए । विभिन्न जाति समुदायको धार्मिक तथा साँस्कृतिक झाँकीहरु सहितको ¥याली कार्यक्रम स्थलमा पुगेको थियो ।
भिडियाे हेर्नुहाेस्ः






















