समुदाय–प्रहरी साझेदारी कार्यक्रमको प्रभाबकारीता बढदो, देशैभर प्रहरीको कार्यक्रम

श्याम ङेसुर तामाङ
ललितपुर । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल)ले आजभन्दा करिब ३ महिना अघि समुदाय–प्र्रहरी साझेदारी कार्यक्रमको बिधिवत रुपमा उदघाटन गरेर शुरु गरिएको यस अभियान औपचारिक रुपमा मुलुकको ७७ वटै जिल्लामा मङ्सिर १ गतेदेखि विविध कार्यक्रमहरु संचालन भैइरहेका छन् । यस अघि नेपाल प्रहरीले प्रहरी मेरो साथी, मुस्कान सहितका सेवा लगायत विभिन्न अभियानहरु संचालन गरेपनि हर प्रहार, गाँउ र नगरी, टोल–टोलमा नेपाल प्रहरी भन्ने मूल नाराका साथ समुदाय–प्रहरी साझेदारी कार्यक्रमले भने ब्यापकता पाएको छ ।

मुलत समाजमा शान्तिपूर्ण एवम सुरक्षित समाज निर्माणका लागी नेपाल प्रहरी, स्थानिय तह, समुदाय, सामजिक संस्था र बिद्यालयको संयुक्त रुपमा बिद्यालय प्रहरी सम्पर्क कार्यक्रम गरिदै आएको छ । यसैक्रममा ललितपुर जिल्लाको महानगरीय प्रहरी प्रभाग, लुभुको आयोजनामा महालक्ष्मी नगरपालिकास्थित लुभुमा रहेको श्री नमुना ईङ्गलिस स्कुलमा आईतबार समुदाय–प्रहरी साझेदारी अन्तर्गत साईबार क्राईम, लागुऔषध लगायत विभिन्न बिषयमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा महानगरिय प्रहरी प्रभाग, लुभुका प्रहरी प्रमुख प्र.ना.नि. देवानन्द यादबले प्रशिक्षण दिएका थिए भने विद्यालयका प्र.अ.कैलाशकुमार मल्ल, सुरक्षा गुरुङ, शिवानी महत्तो, सुजिन राजथला, मानस सिल्वालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले विद्यार्थीहरुमा बढदै गैइरहेको लागू औषधको सेवन, कुलतमा लागेका विद्यार्थीहरुलाई छुटकार गराई समुन्नत समाज निर्माणको लागि कोशेढुङ्गा साबित भएको प्रतिक्रिया बताएका थिए ।

कार्यक्रमबारे सरोकारवालाले विद्यार्थीहरुले अध्ययन गर्ने पाठ्यक्रममा नै अपराध मुक्त समाज निर्माण गर्ने खालका सामग्री समाबेश गर्नुपर्ने विद्यार्थी सुरक्षा गुरुङले सुझाब समेत दिएकी थिईन । कार्यक्रमममा सो विद्यालयका ९० जना विद्यार्थी सहभागिता रहेका थिए । महानगरीय प्रहरी प्रभाग लुभु अन्तर्गत ३० वटा कलेज, मा.वि. आधारभुत विद्यालय मध्ये नेपाल सरकारले अङ्गिकृत गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम १३ वटा विद्यालयमा संचालन गरि सकेको महानगरिय प्रहरी प्रभाग, लुभुका प्रहरी नायब निरिक्षक यादवले जानकारी दिए । कार्यक्रमपछि नमुना ईङ्गलिस स्कुलमा प्रहरी–विद्यालय सम्पर्क समितिको संयोजकमा रीता श्रेष्ठ, सदस्यहरुमा रबीता श्रेष्ठ, मानस सिल्वाल, सुजीन राजथला, सुरक्षा गुरुङ, शिवानी महत्तो, सानुकान्छा श्रेष्ठ, सन्जीता चन्द ठकुरी, सचिब देवानन्द यादब रहेको समिती गठन गरेको छ ।

अभियान अन्तर्गत गठन हुने समितिमा विद्यालयका अभिभावक, शिक्षक, शिक्षिका, प्रहरी, विद्यार्थी रहने नेपाल प्रहरीले नीति बनाएको छ ।

Comments

comments