भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरको जिल्ला अध्यक्षमा माधब खत्री मनोनित हुनुभएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर २ निवासी युवा नेता माधब खत्री २०७५ फागुन ५ गतेदेखि लागु हुने गरि जिल्ल अध्यक्षमा मनोनित हुनु भएको हो ।
राप्रपा स्थापना काल देखि नै सक्रिय रहँदै आउनु भएका युवा नेता खत्रीलाई उहाँको दक्षताका आधारमा जिल्ला अध्यक्षको पदभार जिम्मा लगाईएको राप्रपा केन्द्रिय समितिले जनाएको छ ।
राप्रपाको विधान २०७३ को दफा २०(१२र१३) बमोजिम अधिल्लो भक्तपुर जिल्ला कार्यसमिति विघठन भएको हुँदा पार्टीको विधान २०७३ को दफा २९ङ बमोजिम माधब खत्रीलाई भक्तपुर जिल्ला अध्यक्षमा मनोनित गरिएको राप्रपा केन्द्रिय समितिले जनाएको छ ।
महामन्त्री भास्कर भद्राले खत्रीको नेतृत्वमा जिल्लामा सक्रिय रुपमा कार्यरत रहेका सदस्यहरुलाई समावेश गरी जिल्ला समितिलाई पूर्णता दिन समेत निर्देश गरिएको जनाउनुभएको छ ।
नव नियुक्त जिल्ला अध्यक्ष खत्रीले आफूलाई पार्टीले दिएको जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्ने बताउनुभयो । उहाँका अनुसार अवको दिनमा आफ्नो काँधमा जिल्लाका स्थानीय तहमा पार्टीको संगठन सुदृढिकरण र विस्तार गरि जिल्ला समितिलाई पूर्णता दिनु पहिलो चुनौती रहेको जनाउँदै यसलाई पूर्णता दिन आफू लागी पर्ने बताउनुभयो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।