सुनपतिमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न

रामेछाप । जिल्लाको सुनापति गाउँपालिकामा २८५५ औं फाग सुगुर वर्ग सोनाम ल्होछार वृहत सास्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, सुनापति गाउँपालिकाको आयोजनामा तामाङ समुदायका महान साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

सुनपतिमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका गाउ“पालिका प्रमुख धावा लामाले संमृद्ध सुनापतिले समृद्ध नेपाल बनाउने अभियानमा टेवा पु¥याउने बताउदै सम्पुर्ण आदिबासी जनजाति हरुको साँस्कृतिक पर्वहरुलाई राज्यले संबोधन गर्नु पर्ने बताए ।

सुनपतिमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न

‘सुनापति गापामा ल्होछारमा ३ दिन विदा दिएको छ । ल्होछारलाई घर–घरमा मनाउन आग्रह म अनुरोध गर्दछु ।’ अध्यक्ष लामाले भने, ‘हाम्रो लोप हु“दै गएको डम्फुलाई उजागर गर्नुपर्छ । अब देखि गाउ““पालिकाले ल्होछार मनाउन कार्यक्रम सुरु भएको छ ।’ अन्य जनजातिहरुको सँस्कारलाई पनि गाउ“पालिकाले समान स्थान दिएकोले अन्य जनजातिहरुको पनि कार्यक्रमहरुमा गाउँपालिकाले सधै सहयोग गर्ने बताउ“दै उनले ल्होछारको शुभकामना सन्देश दिएका थिए ।

सुनपतिमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न

कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ सुनपति गा.पा.को संयोजक हिरा लाल तामाङले सोनाम ल्होछार घर घरमा मान्नु पर्ने भएकाले टुटिखेलमा सुरु भएको सांस्कृतिक कार्यक्रम गाउ“ गाउँमा साँस्कृतिक कार्यक्रम गरी ल्होछार मनाएको बताए । संविधानले आदिबासी जनजाति हरुको लागि निर्देश गरेको अधिकारलाई सुनपति गा.पा.मा कार्यन्वयनको निम्ति जनप्रतिनिधि र कर्मचारीहरुले कुनै पनि कन्जुस्याई नगरीकन अक्षरस कार्यन्वयनको निम्ति आग्रह गर्दै तामाङले आन्दोलनबाट नै जन्मिएको संस्था नेपाल आदिबासी जनजाति महासंघ जनजातिहरुको मौलिक हकलाई संस्थागत र बा“की पहिचानको सवालममा नेपालको आदिबासी जनजातिहरुको अधिकार पहिचान झल्किने ब्यबस्था हेर्न चाहेको बताए ।

सुनपतिमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न

कार्यक्रममा बिशेश अतिथि नेपाल तामाङ राष्ट्रिय घेदुङका महासचिब प्रबिन कुमार बलले रास्टृय घेदुङको तर्फबाट सुनापति गाउँपालिकालार्इ डम्फु उपहार दिएका थिए। सुनपति गापाले लोछार मा ३ दिन सार्बाजानिक बिदा दिएकोमा धन्यवाद दिदै राज्यले सोनाम ल्होचारको लागि दिदै आएको बिदा कटौति गरेकोमा आपति जनाउदै यो निर्नय नेपाल सरकारले चाडै साच्याउन ध्यानाकर्शन गराएको थियो।

साथै बिसेश अतिथि ने क पा का प्रदेश सद्स्य तथा युबा नेता टलक घिसिङ ले सम्बृद्द सुनपति बनाउने अभियान मा आफ्नो ध्यन केन्दृत रहेकोले यसरि नै नेपालको समृद्द नेपाल बनाउनेअभियान सफल हुने बताउदै निर्मानाधिन मध्य पहाडि

लोकमार्गले सुन्पति को ३ वडा छोएकोमा खुशी व्यक्त गरे । रामेछापको मुख्य सडकहरु कालोपत्रे गर्ने अभियान मा रहेकोले रामेछापको बिकास तिब्र रुपमा अगाडि बढेकोले यस्तो कार्यले सम्बृद्द नेपाल बनाउने अभियानमा टेवा पुग्ने उनले बताए ।

यसै गरी सुनापति गा.पा. का प्रशाशकिय अधिकृतले शुभकामना ब्यतm गर्दै संवृद्ध सुनापति बनाउने अभियान सफल रहोस भन्दै संवृद्धिको अभियानमा आफुले सेवा गर्न पाउदा आफुलाई गर्व लागेको बताए । कार्यक्रममा वडा अध्यक्ष कमल के सी, बाबुराम तामाङ, खड्का घिसिङ र ठुलाकान्छा तामाङले शुभकामना मन्तव्य राखेका थिए ।

सुनपतिमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न

 

कार्यक्रमको सुरुवातमा स्थानिय ताम्बाहरुको साङ्सेरगेममा सम्पुर्ण अतिथिले डम्फु बजाउदै सुरु गरेका थिए । कार्यक्रममा आमान्त्रित अतिथि कलाकारहरुको सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । साथमा सेङजी क्रिउको नृत्यले कार्यक्रमको रौनक झनै छाएको थियो । यसै गरी स्थानिय ताम्बा सतल सिङ योञ्जन र बल बहादुरको समूहले ताम्बा गीत मार्फत स्वागत गरेका थिए ।

Comments

comments