ज्ञानकुञ्जको १७ औं स्थापना तथा अभिभावक दिवस सम्पन्न

काभ्रे । जिल्लाको बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको १७ औं स्थापना तथा अभिभावक दिस भव्यताका साथ सम्पन्न भएको छ ।

सोमबार (आज) १७ बर्ष प्रवेशको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै भव्य रुपमा स्थापना तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।

‘शिक्षा विद्यार्थीका लागि, विद्यार्थी राष्ट्रको समुन्नती र विकासको लागि’ भन्ने मुल नाराका साथ प्रतिष्ठानले १७ औं बार्षिकोत्सव प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले काभ्रेमा पनि एकै छानामुनी प्ले गुप्रदेखि स्नातकोत्तर तहसम्मको अध्यन अध्यापन हुने सन्देश ज्ञानकुञ्जले प्रदान गरेको दावी गरे । बार्षिकोत्सवको अवसरमा प्रतिष्ठानका संचालक समितिका सदस्य प्रताप वैद्यले एक बर्षमा विद्यालयले हासिल गरेको उपलब्धी सार्वजनिक गरेका थिए ।

अर्का संचालक आत्मराम थापाले भौतिक, नैतिकसँगै व्यवहारिक शिक्षा ज्ञानकुञ्जवाट प्रदान भैरहेको र समय सापेक्ष सुधारको लागि अभिभावकहरुसँग थापाले सुझावको अनुरोध समेत गरेका छन् ।

कार्यक्रममा कलेजका सहायक क्याम्पस प्रमुख नवराज चौलगाई, सहायक प्रिन्सिपल जेन वादे, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, पूर्व अध्यक्ष महेश पौडेल, प्रदेश नं ३ का उपाध्यक्ष यदुनाथ गौतम, उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, बनेपा नपा–८ का अध्यक्ष दानबहादुर मानन्धर, वडा नं ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, प्याब्सन काभ्रेका अध्यक्ष पुर्णकुमार श्रेष्ठ लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा अरनिको यातायात सेवा समितिका अध्यक्ष श्याम लामा, ईलाका प्रहरी कार्यालय बनेपामा प्रहरी निरीक्षक निरञ्जन भट्टराई, ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख निशेष चापागाई, फोटो पत्रकार महासंघ प्रदेश ३ का संयोजक केशवराज पौडेल लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

प्रतिष्ठानले काभ्रेको शैक्षिक विकासमा योगदान पु¥याएको भन्दै शिक्षासेवीहरु नारायणकृष्ण वादे, नारायणप्रसाद वैद्य, रत्नप्रसाद कायस्थ र जुजुभाइ पोटेलाई सम्मान गरेको छ ।

प्रतिष्ठानले तल्लो तहदेखिनै विद्यार्थीहरुलाईल रहेक क्षेत्रमा अब्बल बनाउँदै लगेको छ । जिल्ला स्तरमा हुने खेलकुद प्रतियोगिता तथा अतिरिक्त कृयाकलापहरुमा ज्ञानकुञ्ज सदैव अब्बल देखिने गरेको छ । त्यस्तै क्याम्पस तहमा समेत यो विद्यालयले उत्कृष्ट अंक ल्याउने गरेको छ । यो बर्षमात्रै एबिएसमा जिल्ला टप गरेर आफूलाई उत्कृष्ट संस्था रहेको प्रमाणित गरेको छ । एमबिएसको प्रथम सेमेष्टरमा उत्कृष्ट अंक ल्याएर जिल्ला प्रथम हुने कंचन दाहाल दोस्रो हुने रोमी रंजित र तेस्रो हुने दिपा श्रेष्ठ, जस्मिन कपालीलाई सम्मान गरेको छ ।

सो अवसरमा २०७१ सालको एसएलसी परिक्षामा उत्कृष्ट विद्यार्थी उत्तम बिष्टले बिइ केमिकल इञ्जिनियरीङमा केयू टप गरेकोमा सम्मान गरेको छ । प्रतिष्ठानमा १० बर्षदेखि कार्यरत दिर्घजीवी शिक्षक इ.जेन्दी वादे तथा कर्मचारीहरु अनुशासन प्रमुख सुधिर थापा, भान्सा प्रमुख लक्ष्मीनारायण तिमल्सिनालाई दोसल्ला ओढाएर सम्मान गरेको हो । प्रतिष्ठानले हरेक बर्ष उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने गरेको छ । यो बर्ष प्रतिष्ठानले एक सय विद्यार्थीलाई २५ लाखको छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।

Comments

comments