रामेछापको धोवीखोलामा निशान गाडी दुर्घट्ना, २ घाइते

रामेछाप । दोरम्बा गाउँपालिका र सुनापती गाउँपालिकाको सीमाना धोवी खोलामा निसान गाडी दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

आज (सोमबार) बा २ ख २९९८ नम्बरको निसान गाडी दुर्घटनमा परेको हो । दुर्घट्नाबाट सुनापती गाउँपालिका–२ आलामपुका डम्बर बहादुर श्रेष्ठ र ज्ञान बहादुर थापा घाइते भएका छन् ।

स्थानीय देव राज पकुवालका अनुसार घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बारम्बार आग्रह गर्दा पनि स्थानीय सरकारले सडकको स्तरउन्नती गर्नको लागि ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।