श्याम ङेसुर तामाङ
७ फागुन २०७५
संखुवासभा । नेपालको ७७ वटा जिल्लामध्ये पर्यटनको सम्भावना बोकेको संखुवासभा जिल्ला पनि एक जिल्ला हो ।
बिश्वको सबभन्दा होचो उपत्यका तुम्लिङटार, मकालु हिमाल, सभापोखरी, माछापोखरी, जलजलेमिल्के धेरै जातिका लालि गुराँसका फुलहरु, नेपाली कागज, रुद्राक्षको गुणस्तरीय माला, अल्लो, चिराईतो, यार्सा गुम्बा, पाँच अम्ले, सिद्धकाली, पृथ्वीनारायण शाहले एकपटक दिङलामा बस्दा राती सपनामा मनकामना माईलाई देखेपछि तुम्लिङटारमा मनकामना मन्दिरको स्थापना, विश्वमा नै लोप हुन लागेको जीवजन्तु रेडपण्डा, सालक, काडे भ्याकुर, चराचुरुङ्गीमा डाफे, मुनाल, नेपालको नजिकको छिमेकी राष्ट्र चीनको नाका किमाथाङका नाका पनि यसै जिल्लामा पर्दछ ।

भोजपुर जिल्लाको नेपालेडाँडा साबिकको ५ नम्बर वडामा बुबा अर्जुनप्रसाद चापागाईं र आमा विमला घिमिरेको सुपुत्रको रुपमा वि.सं .२०४० फागुन २५ गते सम्राट चापागाईंको जन्म भएको हो ।
सानै उमेरदेखि सबल, सक्षम ब्यवसायी बन्ने सपना बुनेका सम्राटले औपचारिक शिक्षामा ब्यवस्थापन संकायमा स्नातकोत्तरसम्म शिक्षा हासिल गरेका छन् । जन्म थलो भोजपुर नेपालडाँडा, बसाई खादबारी नगरपालिका वडा न.ं १ चाँदनी टोल भएपनि औपचारिक शिक्षाको लागि राजधानी बस्दापनि रोजिरोटीको लागि ट्रेकिङ गाईड, एक गैरसरकारी संस्था आर.आर.एन.मा गरि ३ र ४ वर्ष रोजगारी समेत गर्नु भएका सम्राटले जिल्ला विकास समिती संखुवासभामा पनि सरकारी नोकरी गर्दा पनि सन्तोष नभएपछि वि.सं. २०६९ सालमा वरुण टुर्स एण्ड ट्राभल्स स्थापना गर्नु भएर ट्रेकिङ ब्यवसायमा लागि पर्नु भएको छ ।

ट्रेकिङ ब्यवसायमा लाग्दा लाग्दै आफ्नै स्वामित्वमा खाँदबारी, चाँदनीचोकमा चाईना होटल एण्ड लजको स्थापना गरि होटल ब्यवसायमा लागि रहनु भएको छ । विद्यार्थी जीवनमा वि.सं. २०५३ देखि २०५७ सालसम्म स्काउटमा लागेर समाज सेवाप्रती अभिप्रेरित सम्राट खेलकुदमा फुटबल खेलका गोलकिपर पनि हुन्, शरिरलाई स्वस्थ पार्नका लागि खेलकुदमा लागेको अनुभव बाँडेका छन् ।
हिन्दु धर्ममा आस्थावान सम्राटले हिन्दू धर्मनुसार वि.सं. २०७२ जेष्ठ २९ गते अनुराधा पौडेलसँग बैबाहिक जीवनमा बाँधिनु भएका थिए । सम्राट र अनुराधा दम्पत्तीको सिन्द्धात चापागाईं एक सन्तान रहेको छ । जीवनमा ट्रेकिङ गाईड, अल्लोको कपडा, रुद्राक्ष मालाको बेचबिखन, गैरसरकारी संस्थामा कार्य गरेका सम्राटले पनि दोश्रो संविधान सभाको निर्बाचनमा समानुपातिक तर्फ तराई पहाड हिमाल समाज पार्टिको केन्द्रिय उपाध्यक्ष समेत रहनु भएर निर्बाचनमा संविधान सभाको सदस्यमा होमिएपछी देशैभर आफू र आफ्नो दलको प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुलाई जिताउनको लागि लाग्नु भएको थियो ।

खासै राजनितिक क्षेत्रमा पनि नेपालको वर्तमान परिप्रेक्ष्यमा सहज नदेखेपछी आफू ट्रेकिङ तथा होटल ब्यवसायमा लागेको खुलेर बताए । हाल संखुवासभाको खादबारी, चाँदनी चोकमा चाईना होटल एण्ड लज र वरुण टुर्स एण्ड ट्राभल्सको संचालक रहनु भएर ट्रेकिङ तथा होटल ब्यवसायमा आबद्ध सम्राटले संखुवासभाको पर्यटन, प्रबर्द्धन, सम्बर्द्धनको लागि स्थानिय, प्रदेश, सङ्घिय सरकारले प्रत्यक्ष लगानी गरि पर्यटन, प्रबर्द्धनमा लाग्नु पर्ने सुझाब दिएका छन् ।
उमेरले ३५ वर्षे युवा ट्राभल्स तथा होटल ब्यवसायी सम्राटले सरकारी जागीर परित्याग गरेर होटल तथा ट्रेकिङ ब्यवसायमा लागेर नेपालको होटल तथा पर्यटन प्रबर्द्धनमा स्वदेशमा नै बसेर योगदान दिदै आएका छन् । यसरी निजी क्षेत्रले युवा ब्यवसायी सम्राट जस्तै युवाहरुले गरेको ब्यवसायलाई नेपाल सरकारले विदेशमा गएर युवाहरुले पसिना बगाउनुको साटो स्वदेशमा नै बाताबरण बनाए त्यो पसिना, त्यो श्रमको सम्मान, मूल्य राज्य र स्वयम् ब्यवासायीले पाउने थिएकी ? यस्तर्फ नेपाल सरकारको ध्यान जान जरुरी छ ।






















