श्याम ङेसुर तामाङ,
संखुवासभा । जिल्लाकाे खाँदबारी नगरपालिकामा ल्हाेसार इभेन्ट र स्याबु नृत्य प्रतियाेगिता सम्पन्न भएकाे छ । ‘शेर्पा जातिको एकता, भेषभुषा, भाषा र संस्कृतिको विकास आजको आवस्यकता’ भन्ने मुलनारासहित २१४६ औं स–माे फाग ल्हो ग्याल्पो ल्होसार तथा हिमालयन शेर्पा सास्कृतिक केन्द्रले २५ औं वर्ष पार गरेको अवसरमा खादबारी रंगशाला, खेलकुद मैदानमा बृहत् ल्होसार इभेण्ट २०७५ र नगर तथा गाउँपालिका स्तरिय शेर्पा स्याब्रु नृत्य प्रतियोगिताको भब्य समारोहकाबिच हिमालयन शेर्पा सास्कृतिक केन्द्रका केन्दीय अध्यक्ष छिरिङ शेर्पाले छ्योमे (दीप) प्रज्वलन गरेर मंगलबार समुदघाटन गरेका छन् ।

समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शेर्पाले शेर्पा जातिको कला, साहित्य, भाषा, धर्म, परम्परा, संस्कार, संस्कृती, भेषभुषा, रितिरिवाज, स्याब्रु नृत्य जस्ता शेर्पा जातिको पहिचानलाई स्थापित र जगेर्ना गर्न २५ वर्ष अगाडी हिमालयन शेर्पा सास्कृतिक केन्द्रको स्थापना गरि लगातार लागि रहेको बताए । शेर्पा समुदाय भित्र जन्मेर शेर्पा समुदाय र राष्ट्रको शिर उच्च राख्न सफल प्रथम शेर्पा महिला पत्रकार सगरमाथा आरोही डोमा शेर्पा, चैनपुर ईलाका प्रहरी कार्यालय, संखुवासभाका प्रहरी निरि मिङमा शेर्पालाई सम्मान पत्र र इभेण्ट सफल पार्न आर्थिक सहयोग प्रदान गर्ने संघ, संस्था र सहयोगी दाताहरुलाई कदर पत्र अध्यक्ष शेर्पाले प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) जिल्ला अध्यक्ष हेमराज घिमिरे, नेपाली काङ्ग्रेसका जिल्ला सभापती दीपनकुमार श्रेष्ठ, जिल्ला समन्वय समिती सभापती सुमन शाक्य, उपसभापती अम्बिका खवास, खादबारी नगर प्रमुख मुरारीप्रसाद घिमिरे, जिल्ला प्रहरी प्रमुख नायब प्रहरी उपरिक्षक श्याम शारु मगर, सहायक प्रजिअ मोहनमणी घिमिरे, चिचिला गाउँपालिका अध्यक्ष पासाङनुर्बु शेर्पा, नेपाल शेर्पा सङ्घका केन्द्रीय सदस्य नीमाठिले शेर्पा, सङखुवासभा शेर्पा निर्माण ब्यवसायी संघका अध्यक्ष छिरिङ शेर्पा लगायतले ल्होसारको शुभकामना मन्तव्य राखेका थिए ।
बृहत् ल्होसारको बिच बिचमा शेर्पा श्याब्रु प्रतियोगिताको नृत्य तथा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको गायन र नृत्यको प्रस्तुतीले संखुवासभा खादबारी, खेलकुद मैदान रंगशालालाई सङगितमय बनाउदै थप आकर्षक बनाएका थिए ।
नगर तथा गाउँपालिका स्तरिय शेर्पा श्याब्रु नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा निमाठिले शेर्पाको संयोजकत्वमा लामा किपा शेर्पा, लाक्पा नुर्बु शेर्पा, कामाछिरिङ शेर्पा रहेको निर्णायक मण्डलले भेषभुषा, प्रस्तुती ,मौलिकता, अनुशासनलाई मुख्य आधार मानेर कुल आठवटा टीमबिच प्रतिस्पर्धा गर्दा पाँचखपन नगरपालिका प्रथम, सिलिचुङ गाउँपालिका द्धितिय, चिचिला गाउँपालिका तृतिय, भोटखोला किमाथाङका गाउँपालिकाले सान्त्वना स्थान प्राप्तको नतिजा ल्याउदै क्रमशः नगद पुरस्कार रु.२० हजार, १५ हजार, १० हजार, ५ हजार सान्त्वना सहित प्रमाण–पत्र हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पाले विजयी टीमलाई प्रदान गरेका थिए ।

पुर्बान्चल डान्सिङ स्टार पवित्रा घिसिङ तामाङको टीमले गरेको नृत्यको प्रस्तुतिले खादबारी खेलकुदको रङ्गशाला, पुरै सङ्गीतमय बन्दा रातको १० बजेसम्म चलेको बृहत् ल्होसार सास्कृतिक इभेन्टमा चर्चित गायकहरु मिङमा शेर्पा, नेपाली तारा सन्तोष लामा, गायिका ओङमो शेर्पा लामा, लोकदोहोरी गायिका माया गुरुङ, गायक उमङ्ग लामा भोटे, डीजे ङवाङ शेर्पा, गायक पासाङ शेर्पा र संखुवासभा आईडल आवाज शेर्पाले गायन प्रस्तुत गर्दा पुरै दर्शक कलाकार सँगसँगै नाच्दै, गाउदै खादबारी खेलकुदको त्यो रङ्गशाला सङ्गीतमय स्थल बनेको थियो ।

हिमालयन शेर्पा सास्कृतिक केन्द्र, सङखुवासभाका जिल्ला अध्यक्ष मिगुर शेर्पाले ल्होछार मान्ने समुदाय, जातजातिबिच सकारात्मक सन्देश प्रवाह गरोस भनेर शेर्पा, गुरुङ, भोटे र तामाङ जातिका राष्ट्रिय कलाकारहरुलाई एक्कै थलोमा आ–आफ्नो प्रस्तुती राखेर सकारात्मक सन्देश प्रवाह गरेको बृहत् ल्होसार इभेण्ट कार्यक्रमको आयोजना गरिएको बताए ।
हजारौ जनमानसको सहभागिता रहेको इभेण्टमा उपस्थित पाहुना तथा सहभागीलाई हिमालयन शेर्पा सास्कृतिक केन्द्रका जिल्ला उपाध्यक्ष टेण्डी शेर्पाले स्वागत तथासगरमाथा आरोही डोमा शेर्पाले सन्चालन गरेकी थिइन् । इभेन्टको प्रायोजन निर्माण व्यवसायी संघ संखुवासभाले गरेको थियो ।






















