पूर्वी नेपालको झापास्थित भद्रपुरकी १७ वर्षे माया पकुवालले भर्खर एसएलसी परीक्षा सकेकी थिइन्। परीक्षा सकिएको केही समयमै हाल भद्रपुर-८ मा बसोबास गर्ने सञ्जय प्रधानसँग उनले भागेर विवाह गरिन्।
यो २०४५ साल माघ ६ गतेको कुरा हो। किशोर अवस्थामा गरेको उक्त निर्णयले मायालाई लामो समयसम्म खुसी बनाउन सकेन। उनकै भनाइमा ‘केटाकेटी सोच र अपरिपक्व निर्णय’ले उनको दाम्पत्य जीवनमा खटपट देखियो। आर्थिक हिसाबले सम्पन्न परिवारमा हुर्किएको पकुवाल र आर्थिक अवस्था कमजोर भएका प्रधानबीच त्यही विषयलाई लिएर खटपट भएको थियो।
खटपटकै बीच उनी सानै उमेरमा दुईवटी छोरीकी आमा बनिन्। तर श्रीमान्सँग कुरा नमिलेपछि उनी छोरीहरूलाई श्रीमान्का घरमा छाडेर माइत आइन् र माइतीमै बस्न थालिन् । माया भन्छिन्, “उमेर पनि सानो थियो। एकअर्काबीच कुरा बुझाइ हुँदैन थियो। जे पनि नकारात्मक मात्र देख्ने समय रहेछ त्यो बेला। हाम्रो जीवनको उतारचढाव कुनै चलचित्रको कथाभन्दा कम छैन।”
काठमाण्डू यात्रा
उनी माइतमै रहेका बेला मायाकी फुपूले उनलाई काठमाण्डू लिएर गइन्। परिवार छाडेर काठमाण्डू गएकी उनले सडक विभागमा मासिक दुई हजार पाँच सय रुपैयाँको जागिर पाइन्। मायाले ठानिन्, “एक्लो ज्यान, यति पैसाले त पुगिहाल्छ नि!”
तर छोरीहरूको मायाले उनलाई बेलाबेला भद्रपुर तान्न थाल्यो। समय मिलाएर उनी छोरीहरू भेट्न भद्रपुर पुग्थिन् र फेरि काठमाण्डू फर्किन्थिन्। पाँच वर्षे काठमाण्डू बसाइमा न उनले पतिलाई भेटिन् न त उनका पतिले नै उनलाई भेटे।
श्रीमान् छाडेको पाँच वर्षपछि एकदिन सासुले फोन गरेर भनिन्, “आउने भए आउनु नत्र छोरालाई अर्को बिहे गरिदिन्छौँ।” उनले श्रीमान्को त माया मार्न सक्थिन् तर छोरीहरूको माया मार्न सकिनन्। उनी भन्छिन्, “सौता आएपछि छोरीहरुको बिजोग होला बरू जान्छु भन्ने सोचेर म भद्रपुर फर्किए।”
‘हेराहेर भएन’
२०५५ सालको सुरुतिर उनी झापा आइन्। पति र छोरीहरू भएकै घरमा गएर बस्न थालिन्। तर तीन वर्षसम्म पतिसँग अनुहार हेराहेरसम्म नभएको माया बताउँछिन्। बोलचाल हुने त कुरै भएन। उनका पति सञ्जयले पनि पत्नीको कुरामा समर्थन गर्दै भने, “पतिपत्नीको सम्बन्धको त कुरै नगरौँ। बोलचाल पनि थिएन भनेपछि कहाँसम्म पुगेका थियौँ हामी।”
छोरीहरू बढ्दै गएपछि बाबुआमाको समस्या बुझ्न थाले। उनीहरूले नै बाबुआमाको मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न थाले। मायाले “काठमाण्डूमा जागिर खाँदा केही बचत गरेको रकमले घर बनाउनुपर्छ” भनिन्। त्यसले ”श्रीमतीले पनि घरको बारे सोच्दी रहेछिन्” भन्ने सञ्जयलाई पर्यो।
त्यसपछि हस्तकलाको काम गर्ने सञ्जयले आफ्नो र श्रीमतीको आम्दानी मिसाएर करिब तीन वर्ष लगाएर एउटा घर बनाए। भाडाको घरमा बस्तै आएका उनीहरूको आफ्नै घर भयो। माया भन्छिन्, “हामीलाई अभाव भएरै सम्बन्धमा खटपट आएको रहेछ भन्ने अहिले अनुभूति हुन्छ।”
पाँच वर्ष मेहनतमा बित्यो
पाँच वर्षसम्म पत्नीसँग झगडा गरेर छुट्टिएपछि सञ्जयलाई घरबाट अर्को बिहे गर्नका लागि दबाब आएको थियो। तर उनले त्यसलाई वास्ता गरेनन् र हस्तकलामै ध्यान दिए। सञ्जय भन्छन्, “मैले मेहनत बाहेक केही सोचिन। जब उनी (माया) आइन् अनि मेहनत गर्नुपर्नेरहेछ भन्ने उनलाई पनि लागेछ। अनि हामी दुवैको आम्दानीले एउटा घर बनायौँ।”
सञ्जयको परिवारका तुलनामा आर्थिक रूपले सम्पन्न परिवारमा हुर्किएकी मायालाई हरेक क्षेत्रमा मेहेनत गर्नुपर्छ भन्ने लाग्दैन थियो। उनले भनिन्, “जब अलि चेत आयो अनि मात्र हामी छुट्टिनु नहुने रहेछ भन्ने लाग्यो। हाम्रो सम्बन्ध राम्रो बन्दा छोरीहरू पनि खुसी भए।” त्यसपछि उनी पनि पत्रकारिता पेसामा आबद्ध भइन्।
‘हेराहेर भएन’
२०५५ सालको सुरुतिर उनी झापा आइन्। पति र छोरीहरू भएकै घरमा गएर बस्न थालिन्। तर तीन वर्षसम्म पतिसँग अनुहार हेराहेरसम्म नभएको माया बताउँछिन्। बोलचाल हुने त कुरै भएन। उनका पति सञ्जयले पनि पत्नीको कुरामा समर्थन गर्दै भने, “पतिपत्नीको सम्बन्धको त कुरै नगरौँ। बोलचाल पनि थिएन भनेपछि कहाँसम्म पुगेका थियौँ हामी।”
छोरीहरू बढ्दै गएपछि बाबुआमाको समस्या बुझ्न थाले। उनीहरूले नै बाबुआमाको मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न थाले। मायाले “काठमाण्डूमा जागिर खाँदा केही बचत गरेको रकमले घर बनाउनुपर्छ” भनिन्। त्यसले ”श्रीमतीले पनि घरको बारे सोच्दी रहेछिन्” भन्ने सञ्जयलाई पर्यो।
त्यसपछि हस्तकलाको काम गर्ने सञ्जयले आफ्नो र श्रीमतीको आम्दानी मिसाएर करिब तीन वर्ष लगाएर एउटा घर बनाए। भाडाको घरमा बस्तै आएका उनीहरूको आफ्नै घर भयो। माया भन्छिन्, “हामीलाई अभाव भएरै सम्बन्धमा खटपट आएको रहेछ भन्ने अहिले अनुभूति हुन्छ।”
पाँच वर्ष मेहनतमा बित्यो
पाँच वर्षसम्म पत्नीसँग झगडा गरेर छुट्टिएपछि सञ्जयलाई घरबाट अर्को बिहे गर्नका लागि दबाब आएको थियो। तर उनले त्यसलाई वास्ता गरेनन् र हस्तकलामै ध्यान दिए। सञ्जय भन्छन्, “मैले मेहनत बाहेक केही सोचिन। जब उनी (माया) आइन् अनि मेहनत गर्नुपर्नेरहेछ भन्ने उनलाई पनि लागेछ। अनि हामी दुवैको आम्दानीले एउटा घर बनायौँ।”
सञ्जयको परिवारका तुलनामा आर्थिक रूपले सम्पन्न परिवारमा हुर्किएकी मायालाई हरेक क्षेत्रमा मेहेनत गर्नुपर्छ भन्ने लाग्दैन थियो। उनले भनिन्, “जब अलि चेत आयो अनि मात्र हामी छुट्टिनु नहुने रहेछ भन्ने लाग्यो। हाम्रो सम्बन्ध राम्रो बन्दा छोरीहरू पनि खुसी भए।” त्यसपछि उनी पनि पत्रकारिता पेसामा आबद्ध भइन्। -बीबीसीबाट