घेदुङका संघीय सचिव लामाद्वारा विद्यालयमा अक्षयकोष स्थापना

श्याम ङेसुर तामाङ
ललितपुर । नेपाल तामाङ घेदुङका केन्द्रीय सचिब तथा बिपत ब्यवस्थापन समिती संयोजक एबम नेपाली कांग्रेस ललितपुर क्षेत्र न.१ का क्षेत्रीय उपसभापती रामकृष्ण ब्लोन लामाले जिल्लाको एक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

वाग्मती गाउँपालिका वडा न.६ आश्राङस्थित लुकुनीमा रहेको श्री बालमनोरमा आधारभुत विद्यालयको स्वर्ण महोत्सबको अवसरमा उक्त अक्षयकोष स्थापना गरेको हो ।

विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तुलसीप्रसाद तिमल्सिनालाई आफ्नो बुबा राजकुमार ब्लोन (सोनाम) र आमा सानुकान्छी सिंतान तामाङको नाममा अक्षयकोष स्थापना गरिएको लामाले बताए । सो कोषको बार्षिक ब्याजबाट जेहेन्दार, गरिब विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न रु.१ लाख ५ हजार रकम बराबरको कोष स्थापना गरिएको हो ।

अक्षय कोष स्थापना गर्न योगदान गरेबापत विद्यालयको स्वर्ण महोत्सब समुदघाटन समारोहमा नेपाली काङ्ग्रेस युवा नेता एबम पुर्ब साम्सद उदयशम्शेर राणाले समाजसेबी तथा युवा नेता रामकृष्ण ब्लोन लामालाई विद्यालयले प्रदान गरेको सम्मान पत्रद्वारा बिभुषित गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।