भीमफेदी कारागारका जेलर अख्तियारको फन्दामा

मकवानपुर । भीमफेदी क्षेत्रीय कारागारका जेलर मदन अधिकारी अख्तियारको फन्दमा परेका छन् । उनलाई अख्तियारले घुससहित पक्राउ गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार ७५ हजार रुपैयाँ घुसहित पक्राउ गरेको हो।

आयोगको प्रवक्ता रामेश्वर दंगालका अनुसार उनले चौकीदारलाई सरुवा गर्दिन्छु भन्दै उनका दिदीसँग ७५ हजार रुपैयाँ घुस लिएका थिए । आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले उनलाई पक्राउ गरेको हो। जेलर अधिकारी शाखा अधिकृत हुन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।