श्याम ङेसुर तामाङ
नेपालमा गुठी बिशेष गरि थरिय, सामुहिक, कुलको पुजा गर्ने, राज गुठी, मठ मन्दिर, गुम्बा संरक्षण, सम्बद्र्धन जस्ता विभिन्न किसिमले स्थापित गुठिहरु नेपाली समाजमा स्थापना भएका छन् । आजभन्दा ६ वर्ष अघि, आफ्नै बुबा कर्मसिंह लामा काभ्रे जिल्लामा राजनितिक नेतृत्वमा रहनुहुँदा ८४ ठाउँमा ८४ वटा प्राथमिक विद्यालय स्थापना गरेर सामाजिक क्षेत्रमा पु¥याउनु भएको योगदान देखेर नै बित्त ब्यवसायी, समाजसेवी जनम लामाले पिन्थली गुठीको स्थापना गरेका थिए ।
काभ्रे जिल्ला, पिन्थलीमा जन्मेर उपत्यका र उपत्यका बाहिर रहेकाहरुलाई समेटी गुठी स्थापना गरेर हालसम्म सम्पन्न कार्य र भविष्यमा गुठीले गुठियार, गुठीको सदस्यको हितमा गरिने कार्य सार्वजनिक गुठीयार माझ गरेका छन् ।
गुठीका अध्यक्ष लामाकानुसार पिन्थलीका सिंग लामाको दाहसंस्कार गर्नको लागि २०६९ जेठ २८ गते दाहसंस्कार गर्न आर्थिक सहयोग गरेदेखी हालसम्ममा १२ जनालाई दाहसंस्कार गर्नको निमित्त सामग्री खरिद गर्न रु.१ लाख ३ हजार ९ सय १५ रुपैयाँ सहयोग गरेको, बज्रध्वज लामाको मृगौला प्रत्यारोपण, लालबहादुर लामाको खुट्टाको शल्यक्रिया, कामी सिह लामाको ढाडको शल्यक्रिया र बुम्बा लामाको मृगौला प्रत्यारोपण गर्न रु .३ लाख गुठीयार, अन्य ब्यक्तिबाट आर्थिक सहयोग जम्मा गरि अरु नपुग रकम संकलन गर्दै आपतबिपत दुखमा परेका गुठीयारहरुलाई सहयोग गर्दै आएको छ ।
पिन्थली गुठीले भविष्यमा गरिने महत्वाकांक्षी ४ वटा कार्यनीतिलाई अगाडी सारेको छ । जस्मा १) समाजमा भएका सबैखाले अन्तरद्वन्द्वलाई छलफलको माध्यमद्वारा शैक्षिक, आर्थिक, राजनितिक, धार्मिक रुपमा समाजलाई विकसितका साथै सभ्य समाज बनाउने । २) गुठीका निम्न वर्गिय सदस्यका छोरा,छोरीलाई माध्यमिक तहसम्म निःशुल्क छात्रवृत्तिको ब्यवस्था गर्ने ३) भविष्यमा गुठी बाहेक अन्य समाजमा रहेको शैक्षिक, आर्थिक, राजनैतिक, धार्मिक रुपले पिछडिएका ब्यक्तिहरुलाई सहयोग गर्दै लाने र ४) यस गुठीको सदस्यहरुलाई विविध कार्य प्रयोजनका लागि निकट भबिष्यमा नै गुठीको आफ्नै सुबिधा सम्पन्न भवन निर्माण गर्ने कार्य नीति गुठीका सदस्यहरुद्वारा पारित गरिएको छ ।
हाल गुठीमा काभ्रे पिन्थलीबाट राजधानी तथा उपत्यका बाहिर विभिन्न पेशा, ब्यवसायमा आबद्ध ४० जना सदस्यहरु रहेको पिन्थली गुठीका अध्यक्ष जनम लामाले बताए ।






















