काठमाडौं– भैंसेपाटीको नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि विष्फोट हुँदा ३ जना घाइते भएका छन्।
घाइते हुनेमा आरुसा मानन्धर, प्रतीक्षा खड्का र सिंह प्रसाद गुरुङ रहेको डिएसपी अपिल बोहराले नेपाल लाइभलाई जानकारी दिए।
घाइतेहरूको मेडिसिटी, बि एन्ड र अल्का अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा सेनाको टोली पुगिसकेको छ। घटना कसरी भयो भन्ने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















