भक्तपुर । काभ्रे जिल्ला तेमाल गाउँलालिका वडा नम्वर १ सस्र्युखर्कका बृद्ध मानिस सूर्यविनायकबाट हराउनुभएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

उपचारको शिलशिलामा भक्तपुर आउनु भएका सुस्त मनस्थितिका सस्र्युखर्क भैसेपानी घरभएका ६६ बर्षिया साइला तामाङ गत फागुन ८ गते दिनको एक बजे देखि एकाएक भक्तपुरको सूर्यविनायकबाट हराउनु भएको थियो ।

सूर्यविनायक देखि पाण्डु बजारको बिचमा हराउनुभएको उहाँको खोजी कार्य जारी रहेको जनाउँदै उहाँलाई देख्नुहुने जो कोहीले पनि नजिकको प्रहरी कार्यालय वा आफन्तको सम्पर्क नम्बरहरू ९८१३०२५२०९,९८४९४४४६८० र ९८०३९७३८३८ सम्पर्क गरि दिनुहुन् परिवारले अनुरोध गरेका छन् ।

तपाईको एक सेयरले उहाँ फेला पर्न सक्नुहुन्छ कृपया सक्दो सेयर गरि उहाँलाई फेला पार्न सहयोगको अपेक्षा परिवारले गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।