तेमाल । संघीय सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले तेमाल बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना समयमै सम्पन्न गर्न निर्माण कम्पनीसँग अनुरोध गरेका छन् ।
सोमबार तेमालमा सम्पन्न तेमाल बृहत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोस्रो साधारणसभालाई सम्बोधन गर्दै सांसद बमध्व्जल उक्त अनुरोध गरेका हुन् ।
निर्माण कार्यमा ढिलासुस्ती भएको प्रति उनले दुःख व्यक्त गरे । निर्माण कम्पनी एम.एम. कन्स्ट्रक्सन, सि.ए.वी. जेभीले ढिलो गरेकै कारण जनताले समयमै खानेपानी नपाएको गुनासो गरे । धेरै नेताहरुको निर्वाचनको बेला भोट माग्ने एजेण्डा आफूले सम्झेदेखि आजसम्म रहेकोमा अब यसको अन्त्या गर्नुपर्ने बताए । ‘मैले संझेदेखि धेरै चुनाबहरु भए । सबै प्रतिनिधिहरु चेतेर गएका छन् ।’ उनले भने, ‘सबैले भनेका छन् कि खानेपानी ल्याइदिन्छु । मैले पनि चुनाबमा भोट माग्दा खानेपानीकै कुरा गरें । यो पाराले त हाम्रो नातिसम्म पनि यो एजेण्डा रहिरहने हो कि ?’
आफूले निर्वाचनको बेला २०७५ सालको बैशाख महिनामा तेमाल डाँडामा पानी आउने आस्वशान जनतालाई दिएकोमा त्यो पूरा नभएकोमा दुःख व्यक्त गरे । ‘मैले यो वर्षको बैशाखमा याङ्बेल डाँडामा खानेपानी आउँछ भनेर जनतालाई भनेको थिए । तर आएन ।’ उनले भने, ‘अनेष्टली भनेको छु काम समयमै सिध्याउनुहोस् ।’






















