श्याम ङेसुर तामाङ
काठमाडौं । कोटेश्वरमा २३ वर्ष अघि स्थापना भएको एन्जल लर्ड एकेडेमीले बृहत विज्ञान प्रदर्शनी गर्ने भएको छ ।
एकेडेमीका विद्यार्थीहरुले बनाएका विज्ञान र प्रविधि सम्बन्धी सामग्री तथा उपकरणहरु सो प्रदर्शनीमा राखिने विद्यालयका प्रधानाध्यापक टंक लिम्बुले जानकारी दिएका छन् । लिम्बुका अनुसार प्रदर्शनी यहीं फागुन १७ र १८ गते विद्यालयको हाताभित्र गरिने भएको छ ।
गतसाल पहिलो बृहत् विज्ञान प्रदर्शनीको डा. महावीर पुनले एक भब्य समारोहकाबिच उदघाटन गरेका थिए । प्रदर्शनीले विद्यार्थीहरुमा ब्यवहारिक शिक्षाको अभ्यास भएको पुष्टि गर्न खोजिएको एकेडेमीका प्र.अ. लिम्बुले बताए । प्रदर्शनीमा कक्षामा ५ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहने जनाइएको छ ।
सो प्रदर्शनीमा रोवर्ट सम्बन्धि उपकरण, होम स्कुरिटी प्रणाली, भुकम्पियन सुचक, पानीको सतह मापन यन्त्र, विद्युत सम्बन्धि स्वचालित, अटो मोबाईल सम्बन्धी उपकरण, स्मार्ट सिटिका नमुनाको प्रदर्शनीको साथमा विद्यार्थीहरुको नृत्य, गायन, विभिन्न खानाका परिकारहरु, नेपाली लोक बाजागाजाहरुको प्रयोग भएको लोक अर्केष्ट्रा र जातजातिका भेषभुषाको प्रदर्शनी हुने भएको छ । एकेडेमीका संचालक राजकुमार दोङ तामाङका अनुसार दुई दिनसम्म हुने उक्त प्रदर्शनीको सम्पुर्ण तयारी भइसकेको छ ।






















