बनेपा । नेपाल प्रेस यूनियन काभ्रे शाखाले पत्रकारद्वय देवराज केसी र श्रीराम केसीलाई स्वर्गीय उर्मिला सापकोटा डाँडापारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेकाे छ ।
आज (बुधबार) बनेपामा यूनियनले एक कार्यक्रमको आयोजना गरि केसीद्वयलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो । पत्रकार देवराज केसी नेपाल टेलिभिजन र श्रीराम केसी अन्नपूर्ण दैनिकमा कार्यरत छन् । पत्रकारद्वय केसीलाइर् नगद ५ हजार ५ सय ५५ , प्रमाणपत्र र दोसल्लाबाट पुरस्कृत गरेकाे थियाे ।

९ वर्ष अघि डाँडापारीकी उर्मिला सापकोटा सवारी दुर्घट्नामा परि मृत्यु भएपछि उनकी दाजु पत्रकार नवराज सापकोटाले स्वर्गीय उर्भिला सापकोटा डाँडापारी पत्रकारिता पुरस्कारको लागि १ लाख रासीको कोष स्थापना गरेका थिए । यूनियनले उक्त कार्यक्रममा स्वर्गीय उर्मिलाकी बुबा गोपालकृष्ण सापकोटालाई पनि सम्मान गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सभापति मधु आचार्य, अतिथिहरु नेपाली काँग्रेसका जिल्ला सचिव दिनेश लामा, बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, नेपाल प्रेस यूनियनका केन्द्रिय उपाध्यक्ष ईश्वरी ओझा, नेपाल पत्रकार महासंघका प्रदेश ३ का उपाध्यक्ष यदुनाथ गौतम, काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिना, पूर्व अध्यक्ष भोला थापा, काँग्रेस नेताद्वय शंखबुद्ध लामा, गुणराज मोक्तान लगायतका रहेका थिए ।
प्रेस यूनियन काभ्रेका अध्यक्ष कपिल कोइरालाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा को स्वागत उपाध्यक्ष नरेन्द्र अधिकारीले गरेका थिए भने सञ्चालन सचिव मधुसुदन तिमल्सिना गरेका थिए ।






















