नेकपा एकताको बाँकी काम करिब पाँच महिनादेखि अलपत्र, तल्लो कमिटि एकता दशैंपछि मात्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले संस्कृति पयर्टन तथा नागरिक उडड्यन मन्त्री तथा केन्द्रीय सदस्य रबिन्द्र अधिकारीको निधनबाट ‘मुलुकले जनता र विकासप्रति सदैव समर्पित योग्य जनप्रतिनिधि गुमाएको जनाएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वार प्रेषित शोक वक्तव्यमा पार्टीले विकासप्रेमी जनप्रतिनिधि र प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमाएको उल्लेख छ ।

‘कमरेड अधिकारीको निधनबाट हाम्रो पार्टीले केन्द्रीय कमिटीका एकजना होनहार सदस्य, विकासप्रेमी जनप्रतिनिधि र प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमाएको छ’, पार्टीका तर्फबाट शोक वक्तव्यमा भनिएको छ, ‘यस दुर्घटनाबाट मुलुकलाई अपूरो क्षति भएको छ । मुलुकले जनता र विकासप्रति सदैव समर्पित योग्य जनप्रतिनिधि गुमाएको छ ।’

कम्युनिष्ट आन्दोलनमा अधिकारीको योगदानको उच्च मूल्यांकन गर्दै नेकपाले श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपाले विद्यार्थीहरु माझ स्थापित प्रिय नेता, कुशल र विकासप्रेमी जनप्रतिनिधिका रुपमा अधिकारीलाई मुलुकले सम्झिरहने वक्तव्यमा उल्लेख छ ।

त्यस्तै, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टर चालक प्रभाकर केसी र मन्त्रीका अंगरहक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधनबाट स्तब्ध भएको भन्दै नेकपाले शोकसन्तप्त परिवारजनप्रति पनि समवेदना व्यक्त गरेको छ ।

यस्तो छ शोक बक्तव्यः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।