श्रृंखलाबद्ध बम विस्फोड गराइएकोमा माओवादी कम्युनिष्ट केन्द्रको विरोध

काभ्रे । गत फागुण १० गतेकाका देशभरका विभिन्न स्थानमा श्रृंखलाबद्ध बम विस्फोट गराइएकोमा माओवादी कम्युनिष्ट केन्द्र, नेपाल काभ्रे जिल्ला समितिले विरोध गरेको छ ।

शनिबार पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै श्रृंखलाबद्ध बम विस्फोट भएको र त्यसबाट भएको सर्वसाधारण जनता माथि हाताहात घट्ना प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

‘देशव्यापी भउको बम विस्फोट आतंतकमा सर्वसाधारण जनता नै शसंकित हुने गरी न्यूनतम मानवीय संवेदनालाई समेत बेवास्त गर्दै गरिएको उक्त अमानवीय हिंसात्मक घट्ना प्रति हाम्रो पार्टी कमिटी घोर न्दिा गर्दछ ।’ पार्टीका संयोजक भरत लामा र सह–संयोजक कुमार लामा (तिप्लीङ)द्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, ‘उक्त घट्नामा ज्यान गुमाउनु हुने मृतक प्रति हार्दिक श्रद्धाञ्जली तथा घाईतेहरुका शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ विज्ञप्तिमा घट्नामा संलाग्न भएको दोषी माथि कडा कार्वाही गर्न समेत नेपाल सरकारसँग माग गरिएको छ ।

प्रेस विज्ञप्तिः

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।