श्याम ङेसुर तामाङ
ललितपुर । ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघको २४ औं वार्षिक साधारण सभामा दुई प्यानलबिचको उम्मेदवारी दर्ताले ललितपुरमा सहकारीको चुनाबी माहोल तातेको छ ।
ललितपुर जिल्ला भित्र संचालन भएका ५ सय ११ वटा सहकारीहरु संघमा आबद्धता छन् भने यहि फागुन १८ गते हुन गैइरहेको साधारण सभामा नयाँ नेतृत्व चयनका लागि ४ सय ५४ जनाले मतदान गर्ने भएको छ । विशेष गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट र नेपाली काँग्रेस निकट सहकारीकर्मीहरुबीचमा कडा प्रतिस्पर्धा हुन लागेको छ ।
ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघको नयाँ नेतृत्वको लागि संघको वर्तमान अध्यक्ष तथा अरुणिमा साकोसका अध्यक्ष रामशरण घिमिरे र संघको वर्तमान सचिब तथा प्रतिभा साकोसका अध्यक्ष रामहरि बजगाईको प्यानलविच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
यस्तो छ काँग्रेस निकट प्यानल

वर्तमान संघको अध्यक्ष घिमिरे २०५७ सालदेखी सहकारीमा प्रवेश भएका थिए । रानीतिक हिसाबले घिमिरे नेपाली कांग्रेसका हुन् । काँग्रेसले उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा जगतलाल महर्जन, महिला उपाध्यक्षमा लजना श्रेष्ठ, सचिवमा शशी खड्का, कोषाध्यक्षमा विभुशोन शाक्य, संचालक सदस्यहरुमा रमेशकुमार सिल्वाल, जयकृष्ण वोगटी, किशोर घिमिरे, सारनाथ महर्जन, भुषणनाथ शर्मा, राजकृष्ण महर्जन, श्याम वस्ताकोटी, रामगोपाल महर्जन, नरेन्द्र महर्जन, उज्वला वज्राचार्य, त्यस्तैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा राजु ताम्राकार, सदस्यहरुमा दिनेश सिह, चन्द्रबहादुर महर्जनको उम्मेदवारी रहेका छन् । घिमिरेको टिमले चुनावी नाराय समेत तय गरेको छ । उक्त टीमले ‘सहकारी मूल्य, मान्यता र सिद्धान्तप्रति उच्चस्तरीय निष्ठा ! दीगो र सुरक्षित वचत तथा ऋण सहकारी संस्था निर्माण गर्ने हाम्रो समुहको प्रतिबद्धता !!’ भन्ने चुनावी नारा लिएर प्रतिस्पर्धामा उत्रेका छन् ।
यस्तो छ नेकपा निकटका प्यानल
त्यसैगरि अर्का प्रतिस्पर्धी संघका वर्तमान सचिव रामहरि बजगाई २०५४ देखि सहकारीमा प्रबेश गर्नु गरेका हुन् । बजगाई प्यानललाई भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साथ छ ।

यस प्यानलमा वरिष्ठ उपाध्यक्ष करुणारत्न वज्राचार्य, महिला उपाध्यक्ष लक्ष्मी शाक्य, सचिव श्यामकृष्ण महर्जन, कोषाध्यक्ष दीपक घिमिरे, संचालकहरुमा नवराज शिवाकोटी, रुपेश तिमल्सिना, शुशिलचन्द्र घिमिरे, सानुकाजी महर्जन, श्यामप्रसाद बजगाई, वसन्त माली, कृष्ण श्रेष्ठ, नरेश महर्जन, गणेश कुवर, सरिता अवालेलाई उभ्याएको छ । त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा अशोक महर्जन, सदस्यहरुमा राजेन्द्र घिमिरे, जीतेन्द्र महर्जनको उम्मेदवारी परेको छ ।
‘अनुभवी जुझारु, सक्षम ब्यक्तित्व ! सुदृढ गतिशील र दुरदर्शी नेतृत्व !!’ भन्ने चुनाबी नारा लिएर बजगाईं प्यानल अघि बढेको छ ।
प्रतिस्पर्धा निक्कै नै कडा हुने
दुवै प्यानलका उम्मेदवारहरु कुशालखालको भएकोले नेतृतवको लागि कडा प्रतिस्पर्धा हुने विश्लेषकहरु बताउँछन् । एजेण्डाका हिसाबले दुवै प्यानल बलिया छन् ।
दुबैको एकमात्र महत्वाकांक्षी एजेण्डा आफ्नै संघको सुबिधा सम्पन्न भवन निर्माण गर्ने, ललितपुर जिल्लाको शहर, मध्यभाग र पहाडी भेगमा स्थापित संघमा आबद्धता सहकारीलाई सेवामुखी, प्रभाबकारी बनाउनेमा दुवै टीम प्रतिबद्ध देखिन्छ । प्रतिस्पर्धामा चुनावी मैदानमा उत्रेका घिमिरे र बजगाई सहकारी क्षेत्रमा स्वच्छ छबिका सहकारी कर्मी हुन् । त्यसैले पनि मतदाताहरु कसलाई मतदान गर्ने हो अन्योलमा देखिन्छ ।
संघको कारोबार ५० करोड
संघले रु. ३० लाखबाट शुरु गरेको कारोबार अहिलेसम्म आईपुग्दा रु.५० करोड बराबरको कारोबार गर्न सफल भएको छ । ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघको यहि आउदो शनिबार बिहान ८ बजे ललितपुरको थसिखेलमा २४ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्दैछ ।






















