कामिडाँडामा हिमपात, देखियो मनमोहक (फोटो फिचर सहित)

काभ्रे । देशको धेरै स्थानमा वर्षा सहित हिमपात हुँदै गर्दा काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ५ कामीडाँडा मनमोहक देखिएका छ । माओवादी जनमुक्ति सेनाले परेड खेलेर चर्चामा आएको कामीडाँडामा २० वर्षपछि भारी हिमपात भएपछि हिउँसँग स्थानीय देखि पर्यटकसम्म रमाएका छन् ।

वडा सदस्य सुकु भ्लोन तामाङले दिएको जानकारी अनुसार हिउँमा कामीडाडा बसी मात्र होइन वरिपरिका स्थानीय समेत रामाइ रहेका थिए ।

बिहीबार बिहानै हिउँ परेपछि कामि डाडावासी हिउँ खेल्न निस्किए । अरु दिन जाडोले ओछ्यान नछोड्ने सथनीय बिहीबार बिहान घर आँगनमै हिउँ पर्न थालेपछि के बुढा, के बच्चा सबै हिउँ खेलेर रमाए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।