मकवानपुरे समाज काठमाडौको अध्यक्षमा गुरुङ निर्वाचित

श्याम ङेसुर तामाङ
काठमाडौं । मकवानपुरबाट राजधानी आई विभिन्न पेशा र ब्यवसाय गरिरहेको मकवानपुरेहरुको संस्था मकवानपुरे समाज काठमाडौंका पहिलो साधारणसभाले युवा व्यवसायी तथा समाजसेवी अरुणकुमार गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् ।

मकवानपुरका दाजुभाई तथा दिदिबहिनीहरुलाई भावनात्मक एकता, पारस्परिक सम्बन्ध र शिक्षा, स्वास्थ्य तथा समाज सेवाको क्षेत्रमा कार्य गर्ने उद्धेश्यले स्थापित मकवानपुरे समाज काठमाडौले शनिबार काठमाडौको त्रिभुवन पार्कमा आयोजित वनभोज तथा प्रथम साधारण सभाले आगामी ३ वर्षको लागि गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

सभाको प्रमुख अतिथि वरिष्ठ न्युरिलोजिष्ट प्रो.डा.गोपालरमण शर्मा र विशेष अतिथी सांसद रामनारायण बिडारीले निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित कार्यसमितिका दीपक कार्की, रमेश वज्राचार्य, राजेश महर्जन, महासचिवमा राजु लामा, सचिबमा अनोज अधिकारी, कोषाध्यक्षमा वालकृष्ण जोशी, सदस्यहरुमा केशब अधिकारी, दीलिप श्रेष्ठ, हरेराम कार्की, जीवन बस्नेत, सावित्री ढुंगाना, मनोज अधिकारी रहेका छन् ।

मकवानपुरे समाज काठमाडौले गरेको सो सभामा न्युरोलोजिष्ट शर्माले रु.५ लाख र रोज बहिनी सिर्जनशिल महिला समाजका अध्यक्ष विजयश्री रेग्मी भण्डारी तथा रोज बहिनी क्लबका अध्यक्ष रोज भण्डारीले नगद रु.५० हजार समाजलाई सहयोग हस्तान्तरण गरिएको थियो भने समाजले पौष २९ गते नेपाल बाल संगठन भीमफेदीमा अध्ययनरत ३० जना अनाथ बालबालिकालाई कपडा, खेलकुद सामग्री वितरण गरेको समेत जनाएको छ । मकवानपुरे समाज काठमाडौंको हालसम्ममा ३ सय भन्दा बढी सदस्यता बनी सकेको संस्थाको दाबी छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।