एकल नृत्य प्रतियोगिताको पुरस्कार इच्छा राईले जितिन्

श्याम ङेसुर तामाङ
संखुवासभा । जिल्लाको पाँचखपन नगरपालिकास्थित याङसार्जुङमा रहेको कालिका मा.वि.को प्राङ्गणमा जुनियर रेडक्रस सोसाइटी, उपशाखा वानाको आयोजनामा एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितमा सिहेश्वरी मा.विकी इच्छा राईले प्रथम पुरस्कार प्राप्त भएको गरेकी छिन् ।

प्रतियोगितामा जलजला मा.विकी सुनिता गुरुङ द्वितिय., सरस्वती आधारभूत विद्यालयकी सम्झना तामाङ तृतीय, सान्त्वना उर्वशी लिम्बू कालिका मा.वि. भएका छन् । प्रतियोगीहरुले नगद पुरस्कार क्रमशः १ हजार, ८ सय, ५ सय र ३ सय सहित प्रमाणपत्र नेरेसो उपशाखा सभापती चन्द्र न्यौपाने, नेपाल शेर्पा संघका केन्द्रीय सदस्य निमाठिले शेर्पालले बिजयी प्रतियोगिलाई प्रदान गरेका थिए ।

शनिबार नेपाल रेडक्रस सोसाइटी वाना उपशाखाका सभापति एबम कार्यक्रमका प्रमुख अतिथी चन्द्र न्यौपानेले उदघाटन गरेका थिए । प्रतियोगितामा सो क्षेत्रको ९ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।

प्रतियोगितामा पाँचखपन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष कुलबहादुर तामाङ, नगर वडा सदस्य अम्बरबहादुर तामाङ, स्थानिय समाजसेवी पेम्बाछिरी शेर्पा, सन्तोष न्यौपाने, बलबहादुर गुरुङ, दीपेन्द्र राई लगायतका ब्यक्तित्वको सहभागिता रहेका थिए । कार्यक्रमकोसंचालन ईन्द्रबहादुर कार्कीले गरेका थिए भने स्वागत शिक्षक आशिष निरौलाले गरेका थिए ।

Comments

comments