श्याम ङेसुर तामाङ
काठमाडौ । एन्जल लर्ड एकेडेमी, कोटेश्वर, काठमाडौको आयोजनामा दोश्रो बृहत विज्ञान प्रदर्शनी शुरु भएको छ । प्रदर्शनीको शुक्रबार एक भब्य समारोहका विच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शिर्ष नेता एबं पुर्ब परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।


विद्यार्थीहरुमा ब्यवहारिक ज्ञान, सीप र सिर्जनशिल क्षमता अभिबृद्धी गराउने, अन्तरनिहित कला र प्रतिभा उजागर गराउन वातावरण सिर्जना गर्न, विकसित अत्याधुनिक प्रविधिहरुसँग अपडेट गर्दै लैजाने उद्धेश्यले उक्त प्रदर्शनीको आयोजना गरिएको आयोजकले जनाएको छ ।

समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पुर्ब परराष्ट्रमन्त्री पाण्डेले ब्यवबारिक अभ्यासमुलक शिक्षाले समुन्नत नेपाल, नयाँ नेपाल, समृद्धि नेपाल बनाउन टेवा दिने बताउँदै बिज्ञानलाई मानवले जित्न नसक्ने तर्क गरे । विद्यालयका प्र.अ. टङक लिम्बुले विद्यालयले गत वर्ष देखि बृहत विज्ञान प्रदर्शनी गर्दै आएको, यस्ले विद्यार्थीहरुमा अभ्यासमुलक ज्ञानको क्षमता प्रदर्शन गरेको बताउँदै प्रदर्शनीमा सहभागी भएकाहरुलाई स्वागत गरेका थिए ।

प्रदर्शनी समारोहमा विद्यालयका विद्यार्थीहरुले मौलिक परम्परागत जातिय भेषभुषा, खानपानका परिकारहरु, बाजागाजा, हातहतियार, घरायसी तथा अन्य सरसामानको प्रदर्शन, स्मार्ट सिटिका मोडलहरु, स्वास्थ्य शिबिर, चित्रकला, साँस्कृतिक प्रदर्शनी, विज्ञान, रोबोटिक्स, अटोमेसन, पानी मापन गर्ने मेशिन लगायतका सामग्रीहरु प्रदर्सन गरिएका छन् ।

प्रदर्शनीमा पन्चेबाजालाई विद्यार्थीहरुले मौलिक तालमा बजाउदा प्रदर्शनीको माहोल मनोरञ्जनमय बनेको थियो । प्रदर्शनी समारोहमा ३ नम्बर प्रदेश प्याब्सनका अध्यक्ष मुरारीप्रकाश सन्जेल ,वरिष्ठ प्याब्सन सल्लाहकार गोपाल आचार्य, कोटेश्वर ब्यवसायी संघका उपाध्यक्ष विकास श्रेष्ठ, कोटेश्वर स्मृती समाज नेपाल अध्यक्ष जीताबहादुर मैदी, ग्रामर स्कुल प्राचार्य राजकुमार राई ,सन्चारकर्मी, अभिभावक, शिक्षक, शिक्षिका, विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेका थिए ।

प्रदर्शनीको उदघाटन सत्र विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विनोद केसिको सभाअध्यक्षतामा सम्पन्न भएको हो । प्रदर्शनी शनिबार पनि जारी रहने एकेडेमीका सन्चालक राजकुमार तामाङले जानकारी दिएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।