श्याम ङेसुर तामाङ
ललितपुर । ललितपुर जिल्ला वचत तथा ऋण सहकारी सङ्घको २४ औं वार्षिक साधारण सभाले रामहरि बजगाईंलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

आज थसिखेलमा सम्पन्न साधारणसभामा संघको नयाँ नेतृत्व चयनका लागि रामशरण घिमिरे र रामहरी बजगाई बीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिस्पर्धामा बजगाईको प्यानलले अत्यधिक मतले बिजय गरेको नेतृत्वमा केन्द्रीय दुग्ध सहकारी संघको नवनिर्वाचित अध्यक्ष बजगाईले २ सय ८६ मत र निकटतम प्रतिद्वन्द्वी रामशरण घिमिरेले १ सय ६३ मत प्राप्त गरेका थिए ।

बजगाईको नेतृत्वमा निर्वाचित वरिष्ठ उपाध्यक्ष करुणारत्न वज्राचार्य, महिला उपाध्यक्ष लक्ष्मी शाक्य, सचिब श्यामकृष्ण महर्जन, कोषाध्यक्ष दीपक घिमिरे, संचालक सदस्यहरुमा नवराज शिवाकोटी, रुपेश तिमल्सिना ,शुशिलचन्द्र घिमिरे, सानुकाजी महर्जन, वसन्त माली, कृष्ण श्रेष्ठ, नरेश महर्जन, सरिता अवाले निर्बाचित भएका छन् ।

त्यस्तै गरि लेखा तथा सुपरिबेक्षण समितिको संयोजकमा अशोक महर्जन, राजेन्द्र घिमिरे, जीतेन्द्र महर्जन विजयी भएका छन । बजगाईं प्यानलका संचालक सदस्यमा गणेश कुवर र श्यामप्रसाद बजगाई पराजित भएका छ्न । संचालक सदस्यहरुमा निकटम प्रतिद्वन्द्वी घिमिरे नरेन्द्र महर्जन र उज्ज्वला बज्राचार्य निर्वाचित भएका छन ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।