रिजेन्ट स्कुलको आठौं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

ललितपुर, रमाइलोटार । रिजेन्ट रेसिडेन्सियल स्कुल ललितपुरले आफनो वार्षिकोत्सब तथा अभिभावक दिवस दुई चरणमा सम्पन्न गरेको छ । अभिभावकको चाप र विद्यार्थीको प्रतिभालाई सहजै व्यवस्थापन गर्न अभिभावककै सल्लाह अनुसार दुइ दिन अभिभावक दिवस मनाएको एकाडेमिक कोअर्डिनेटर विद्या पोखरेलले बताए ।

दोस्रो दिनको उत्सव समुदघाटन गर्दै प्रमुख अतिथि ललितपुर क्षेत्र नं १ का सांसद नवराज सिलवालले रिजेन्ट स्कुलले समयकालीन शिक्षासँगै विद्यार्थीका प्रतिभा प्रस्फुटन गर्दै आजको युगमा अभिभावकलाई खुसी राख्न सकेकोमा उच्च प्रशंसा गरे ।

रिजेन्ट स्कुलको आठौं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

प्याब्सन ललितपुरका अध्यक्ष एवं बिशेष अतिथि राधाकृष्ण महर्जनले रिजेन्ट स्कुलले शिक्षासँगै संस्कार सुधारमा जोड दिएको बताए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत रिजेन्ट स्कुलले खुमल्टार युथ क्लबलाई पच्चीस हजार नगद हस्तान्तरण गरेको प्रधानाध्यापक नवराज सञ्जेलले जानकारी गराए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न राष्ट्रिय गीत, नृत्य, एकाङ्की लगायतका प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालयले आठौं वर्षको छोटो अवधिमा नै आशा लाग्दो प्रगति गरेकोमा सबैले खुलेर प्रशंसा गरेका थिए । हाल विद्यालयमा पाँच सय पचासी विद्यार्थी अध्ययनरत छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।