काभ्रे । नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक नेपाल काभ्रेको प्रथम जिल्ला सम्मेलनले जितबहादुर तामाङलाई अध्यक्षमा निर्वाचित गरेको छ । गत फागुन १८ गते सम्पन्न सम्मेलनले तामाङको नेतृत्वमा ३३ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

सम्मेलनले उपाध्यक्ष मिना तामाङ (धुलिखेल), सचिव गुञ्जमान तामाङ (नमोबुद्ध), कोषाध्यक्ष प्रतिक तामाङ रोशी र सदस्यहरूमा क्रमश तेलीमाया थिङ (बनेपा), सुर्यमान मोक्तान (तेमाल), श्याम वि.क.(पाँचखाल) शोभा सेञ्च्युरी (नमोबुद्ध), सौरव कायस्थ (बनेपा), प्रदिप अस्तानी (महाभारत), दानु प्रधान (चांैरीदेउराली), रेशम माझी (भुम्लु), शेरबहादुर वि.क. (बेखसिम्ले), साइला तामाङ (रोशी), ज्ञानबहादुर लामा (नमोबुद्ध), मुकुन्द ढकाल (पाँचखाल), कविता तामाङ (पाँचखाल), राकेश लामा (नमोबुद्ध), मानबहादुर योञ्जन (महाभारत), मेजरमान थिङ (महाभारत), रिजन थिङ (महाभारत), पदम दोङ (तेमाल), वसन्त वि.क. (बनेपा), नविन वाईवा (बनेपा), लालमान तामाङ (तेमाल सरमथली), खेजराज न्यौपाने (रोशी), छविलाल रानामगर (रोशी), पूर्णबहादुर रानामगर (रोशी), साईला लामा (चौरीदेउराली), एलिसा माझी (भुम्लु) लाइ चयन गरेकाे छ । एक जना भने पछि थप गरिने भएकाे छ ।
“भ्रष्टाचार, कमिशनतन्त्र, माफियाहरू, काला बजारीया र दलालहरूलाई सशक्त कार्वाही गरांै, नयाँ जनवादी क्रान्तिको तयारीमा अगाडि बढांै” भन्ने मुल नाराका साथ बनेपा बसपार्कबाट निस्केको जुलुशले तीनदोबाटो, चारदोबाटो, गोदामचोक हँुदै पुन बसपार्कमा पुगेर सम्मेलन उद्घाटनमा परिणत गरेको थियो ।

सम्मेलन उद्घाटन सत्रको प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट्व्युरो सदस्य दिनेश शर्मा (सागर)ले यो सरकार दलाल र भ्रष्टहरूको सरकार भएको कुरा जनाउदै आफ्नो पार्टी नै विगत देखि स्पष्ट रुपले राष्ट्रियताको पक्षमा लड्दै आएको कुुरा उललेख गरे ।
आफ्नो आन्दोलनप्रति खिसिटिउरे गरी वर्तमान प्रधानमन्त्री केपी ओलीले एमाले कार्यालयबाट फोन गरेर “के यो गुलेलीको पार्टी हो ?” भनी सोधेको र आन्दोलनका कमाण्डर निर्मल लामाले फोन उठाउँदै “हो, यो गुलेलीकै पार्टी हो, तपाई चरा बोल्नु भएको हो” ? भनी जवाफ दिएको संवादलाई स्मरण गर्दै आफ्नो पार्टी नै निरन्तर राष्ट्रियताको पक्षमा लड्दै आएको जिकिर गरे ।
वाइडबढी भ्रष्टाचार प्रकरण, निर्मला बलत्कार पछि हत्या प्रकारण, ३३ किलो सुन प्रकरण लगायतमा संलग्न दोषीहरूलाई कार्वाही गर्नुको साटो ढाकछोप गर्ने, भारतले सीमा मिच्दा चुपचाप बस्ने र तिनकै इसारामा चल्ने यो सरकार कुनै पनि हालतमा राष्ट्रवादी हुन नसकेको आरोप लगाउँदै नेता शर्माले आफ्नो संगठनले हाल देशव्यापी रुपमा भारतले मिचेको स्थानमा सिमा अवलोकन भइरहेको जानकारी समेत दिए ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य विकास, जिल्ला सचिव वसन्त, क्रान्तिकारी युवा लीगका केन्द्रीय सदस्य केशव ढल्कोटी, अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने, शहिद परिवारको तर्फबाट खेजराज न्यौपाने र रोशी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष तेजबहादुर रानामगरले शुभकामना मन्तव्य राखेका थिए ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल काभ्रेको संयोजक टेक बहादुर वि.क.को सभापतित्वमा भएको उद्घाटन सत्रको सञ्चालन जितबहादुर लामा र स्वागत मन्तव्य आशिष रानाले गर्नुभएको थियो ।
सम्मेलनले संयोजक वि.क.द्धारा प्रस्तुत राजनीतिक तथा आर्थिक प्रतिवेदनलाई पारित गर्दै आगामी २ वर्षका लागि जितबहादुर लामाको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला संगठन समिति चयन गरेको छ ।
बन्दसत्रको सञ्चालन अध्यक्ष मण्डलका संयोजक अधिवक्ता देवकुमार मोक्तानले गर्नु भएको थियो । अध्यक्ष मण्डलमा उनको अतिरिक्त कान्छाराम थिङ र तेजबहादुर रानामगर रहेका थिए ।






















