तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको आ.व. २०७५।०७६ को दोस्रो गाउँसभा आगामी फागुन २७ गते हुने भएको छ ।
आइतबार तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले एक सूचना जारी गर्दै दास्रो गाउँसभाको जानकारी दिएका हुन् ।
अध्यक्ष तामाङद्वार हस्ताक्षरित उक्त सूचनामा गाउँपालिकामा हुने योजना सम्बन्धि काम काज गर्न नसकिने जनाएको छ । ‘तेमाल गाउँपालिकाको आ.व. २०७५।०७६ को दोस्रो गाउँसभा मिति २०७५।११।२७ गतेका दिन हुने भएको हुँदा गाउँसभाको लागि तयारी गर्न कार्यालय सम्बन्धि विभिन्न काम काज गर्नुपर्ने भएको हुँदा मिति २०७५ साल फागुन २० गतेदेखि २७ गतेसम्म योजना भुक्तानी लगायत योजना सम्बन्धि कामकाज गर्न नसकिने हुँदा उक्त समय अवधि भित्रमा योजना सम्बन्धि कुनै पनि कार्य नहुने व्यहोरा सम्पूर्ण सबैलाई जानकारीको लागि योजना सूचना प्रकाशित गरिएको छु ।’
योजनाहरु कार्यन्वयन र भुक्तानीको प्रक्रियामा रहेका योजनाहरु गाउँपालिकाको सूचनाले प्रभावित भएको छ । ‘ब्याजमा ऋण लिएर योजना कार्यन्वयन गर्नुपरेको छ ।’ एक उपभोक्ता समितिका अध्यक्षले भने, ‘समयमै योजना भुक्तानी नभएमा हामीले व्याज धेरै तिर्नुपरेको छ । यो कस्ले व्यहोर्ने होला ?’
योजनाहरु कार्यन्वयनको क्रममा गाउँपालिकाले काम सम्पन्न भएपछि मात्र भुक्तानी दिंदै आएको छ । यो आर्थिक वर्षमा गाउँपालिकाले उपभोक्ता समितिले गाउँपालिकाको सञ्चीत कोषमा १ प्रतिशत रकम जम्मा नगरी संझौता समेत नहुने विधि बनाएको छ । यो विधिका कारण योजना कार्यन्वयनमा उपभोक्ता समितिले धेरै समस्या व्यहोरिरहेको छ ।
यस्ताे छ सूचनाः






















