सुनौलो विकास कृषि सहकारी स्वास्थ्य शिविर सन्चालन गर्ने

चौंरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ३ मा स्थापना भएकोसुनौलो विकास कृषि सहकारी संस्था लि. ले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । यहि फाल्गुन ३० गते आफ्नो प्ररम्भिक साधारणसभाको उपलक्ष्यमा शिविर सञ्चालन गर्न लागेको संस्थाले जनाएको छ ।

संस्थाको आयोजनामा चन्डेश्वोरी हेल्थ केयर सेन्टर प्रा. लि. सँगको सहकार्यमा विभिन्न रोगको स्वास्थ्य परिक्षण गरिने र सुलभ मुल्यमा औसधि वितरण गर्ने कृषि सहकारीका अध्यक्ष शेरफ योन्जनले तेमाल अनलाइनलाई बताए ।

कार्यक्रम चौरीदेउराली गा.पा. वडा नम्बर ३ माझिफेदा बिहान ८ देखि बेलुका ५ बजे सम्म हुने अध्यक्ष योञ्जनले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।