पोखरा । फ्याफुल्ला विकल्प महिला महिला बचत तथा क्रण सहकारी संस्थाले १०९ औं अन्तराष्ट्रीय श्रमिक नारी दिवसको उपलक्ष्यमा जेष्ठ शेयर सदस्यहरुलाई आज (शुक्रबार) एक कार्यक्रमका बिच सम्मान गरेको छ ।

तामाङ बौद्ध सेवा समिति संगमटोलको सभाहलमा भएको कार्यक्रममा जेष्ठ शेयर सदस्यहरु बुद्धिमाया वाईबा , फुलमाया लोप्चन, सुकमाया स्याङ्बो, ननसुवा स्याङ्बो, देवी स्याङ्बो, पुर्णीमाया बोम्जन, खण्डमो बोम्जन र टुकुमाया लोप्चनलाई कार्यक्रमका प्रमुख अतिथि अधिवक्ता जुनाकुमारी गुरुङले ढाकाको पछ्यौरी ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अधिवक्ता जुनाकुमारी गुरुङले छ्योमेमा दिप प्रज्वलन गर्दै अन्तराष्ट्रीय श्रमिक नारी दिवसको ऐतिहासिकता , नेपाली नारीहरुको वर्तमान अवस्था र संशोधित मुलुकी ऐनमा महिला अधिकारबारे प्रशिक्षणात्मक विचार व्यक्त गरेका थिए ।

त्यसैगरी फोनिजका प्रदेश नं।४ का इन्चार्ज वरिष्ठ पत्रकार हुम तमुले शुभकामना व्यक्त गर्नुहुँदै सबै संगठित भएर लैंगिक समानताका लागि संघर्ष गर्नुपर्ने बेलामा कतिपय सन्दर्भमा महिला अधिकार निम्ति महिला नै बाधक भएर उभिएको प्रसंग कोट्याएका थिए । शिक्षा मेहनत र संघर्षबाट नै महिलाहरु अगाडि बढ्न सक्ने औल्याउँदै सिप हासिल गर्ने र आय आर्जनमा पनि महिलालाई जोड्नुपर्ने बताए ।
राष्ट्रीय आदिवासी महिला महासंघ कास्कीका सचिव मिनमाया तामाङले हामी महिला आफ्नो स्वास्थ्यप्रति र ज्ञानप्रति सचेत हुँदै परिवार समाज र समुदायप्रति जिम्मेवार बन्नुपर्छ भन्नुभयो । स्वास्थ्य मान्छेबाट नै स्वस्थ विचारको जन्म हुन्छ भनेका थिए ।

फ्याफुल्ला विकल्प महिला साकोसका अध्यक्ष बिष्णु योन्जन तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव पवित्र थोकर तामाङले गरेका थिए भने उपाध्यक्ष शान्ति लोप्चन तामाङले स्वागत मन्तव्य राखेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।