अग्नि पिडित घिमिरेलाई रु.७ लाख ५ हजार सहयोग हस्तान्तरण

श्याम ङेसुर तामाङ
ललितपुर । वाग्मती गाउँपालिका वडा नं. ३ भट्टेडाँडा, छपेलीकि अग्नि पिडित गुनकुमारी घिमिरेलाई रु. ७ लाख ५ हजार रुपैयाँको चेक शनिबार हस्तान्तरण गरेको छ । अग्नि पिडित गुनकुमारी घिमिरे सहयोग सङकलन समितिले सहयोग रकम हस्तान्तरण गरेको हो ।

ललितपुर जिल्ला क्षेत्र न. १ का प्रतिनिधि सभाका सांसद नवराज सिलवालले स्थानिय जनप्रतिनिधिले यस्ता दुखद घटनामा चासो लिएर साथ दिएमा राहत सङकलनको लागि कोशेढुङ्गा साबित भएको उदाहरण यो सहयोग हस्तान्तरणले देखाएको बताए ।

मन्तब्यको क्रममा सांसद सिलवालले दुःखको बेला सहयोग गर्नुहुने सबै दाताहरु, स्थानिय वाग्मती गाउँपालिका, सहयोग सङ्कलन समितिलाई एकमुष्ठ धन्यबाद ब्यक्त गरे ।

सो राहत हस्तान्तरण समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पुर्ब साम्सद शुशिला नेपाल, प्रदेश सभाका सांसद चेतनाथ सन्जेल, अग्नि पिडित गुनकुमारी घिमिरेले मन्तब्य राखेका थिए । वाग्मती गाउँ पालिका वडा नं. ७ का वडाअध्यक्ष नवराज सन्जेलको संयोजकत्वमा गठित अग्निपिडित गुनकुमारी घिमिरे सहयोग सङकलन समितिमा विभिन्न ब्यक्ति तथा निकायले प्रदान गरेको रकमको चेक सहयोग हस्तान्तरण कार्यक्रममा पुर्ब साम्सद मिठ्ठाराम शर्मा बजगाई, नेपाल कम्युनिष्ट पार्टी नेकपाका ललितपुर जिल्ला संयोजक हरिकृष्ण ब्यन्जनकार, पुर्ब जिबिस उपसभापती बाबुकाजी प्रधान, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु चरसुन्दर महर्जन, निशान मगर, स्थानिय जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मीहरुको व्यापक सहभागिता रहेको थियो ।

अग्नि पिडित गुनकुमारी घिमिरेको गत माघ १४ गते गोठमा खोले पकाउने क्रममा आगलागी हुँदा दुई वटा घर, एउटा गोठ, अन्नपात गरि रु .४७ लाख ५० हजारको क्षति भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरिक्षक रबिन्द्र धानुकले बताएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।