ट्रान्सपरेन्सी इन्टरनेशनलको अन्तक्र्रिया कार्यक्रम सम्पन्न

धुलिखेल । भुकम्पछिको पुननिर्माणमा र पुनस्र्थापना सदाचार कार्यक्रम अन्तर्गत पुर्ननिर्माणसँग सम्वन्धित निति, प्रगति, र खर्चकोबारेमा अन्तक्र्रिया कार्यक्रम आज (मंगलबार) धुलिखेलमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख उद्घव के.सी ले सदाचार र सुशासन कायम गर्नका लागि सबैको महत्वपुर्ण भुमिका रहने कुरा बताएका छन् । साथै नीतिको कुरा मात्र नभएर व्यक्तिमा नियत पनि राम्रो भएको खण्डमा साँच्चै सदाचार र सुशासन कायम हुने कुरा बताए ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यसमिति सदस्य सीताराम अग्रहरीले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल सुशासन प्रवद्र्घनमा लाग्ने नागरिक भएको संस्था भएकोले सदाचार हरेक क्षेत्रमा हुनुपर्ने बताएका छन् । पुननिमार्णको समस्या समाधान गर्नका लागि सबै क्षेत्रका व्यक्तित्वहरु लागि पर्नुपर्ने कुरा बताए । केन्द्रिय स्तरसम्म नै आवाजलाई बुलन्द बनाउनका लागि मिडिया मार्फत अगाडी बढ्न सकेको खण्डमा प्रभावकारी हुने सुझाव दिएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका जिल्ला अधिकृत गंगा लामाको सहजीकरणमा सम्पन्न कार्यक्रममा जिल्ला आयोजना कार्यन्वयन इकाई प्रमुख तथा प्रतिनिधि, नागरिक संस्थाका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, धुलिखेल नगरपालिका र बनेपा नगरपालिकाका वडाध्यक्षहरु, संचारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।