भैरब गणको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

ललितपुर । सेना दिवसको उपलक्ष्यमा ललितपुरको लेले स्थित टिकाभैरब स्थित भैरब गणको आयोजनामा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।

वाग्मती, महाकाल र कोन्ज्योसोम गाउँपालिका स्तरिय माध्यमिक तह अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सेना दिवसको अवसरमा मंगलबार सम्पन्न भएको हो ।

तीन वटै गाउँपालिकाको १० वटा माविले भाग लिएका थिए । प्रतियोगितामा कोन्ज्योसोम–२ शंखुको श्री मगर गाउँ मावि प्रथम, महाकाल–४, कालेश्वरको श्री बाघभैरब मावि द्वितिय र महाँकाल–३ गोटीखेलमा रहेको श्री महाँकाल मावि तृतीय भएका छन् । प्रतियोगीहरुलाई गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले मेडल, प्रमाण पत्र, पुरस्कार प्रदान गरेका थिए ।

उक्त प्रतियोगितामा शिक्षक, शिक्षिका, विद्यार्थी र कोन्ज्योसोम गाउँपालिका वडा न. २ शंखुका वडाअध्यक्ष ध्रुबप्रसाद घिमिरेको सहभागिता रहेका थिए ।

भैरव गणका गणपती कर्णेल रणबहादुर खड्काका अनुसार विगतमा पनि विविध कार्यक्रमका साथ सेना दिवस मनाउँदै आएको छ ।

Comments

comments