श्याम ङेसुर तामाङ
ललितपुर । जिल्लाको वाग्मती गाउँपालिका वडा न. ५ इकुडोल, माझखण्डमा तामाङ नमुना गाउँ (होमस्टे ) संचालन हुने भएको छ ।

यहि फागुन २३ गतेदेखी २६ गतेसम्म ४ दिने अध्ययन अवलोकन भ्रमण माझखण्ड होमस्टे निर्माण उपभोक्ता समितिले तनहुँको बन्दीपुर, लमजुङको सार्क राष्ट्रकै नमुना गाउँ, नेपालको पहिलो नमुना गाउँ, घले गाउँ र गोरखाको पहिलो मनकामना केबुलकारको, माझखण्डमा होमस्टे निर्माण गर्ने सरोकारवाला, वाग्मती गाउँपालिकाका प्रशासकिय अधिकृत युवराज आचार्य, योजना प्रमुख देवप्रसाद श्रेष्ठ, इन्जिनियर विनोद सुवेदी, लेखापाल मनोज बस्नेत, वाग्मती–५ इकुडोलका वडाअध्यक्ष साजन दर्लामी मगर, वडा सचिब काशिप्रसाद दहाल, शारदा शिक्षा सदन माबिका शिक्षक वाङ बम्जन तामाङ, माझखण्ड पर्यटन विकास समितिका प्रतिनिधिहरु सम्मिलित २४ जनाको टोलिले अध्ययन, अवलोकन गरेपछी ललितपुरको वाग्मती–५ इकुडोल, माझखण्डमा तामाङ नमुना गाउँ (होमस्टे) निर्माण गर्न लागेको माझखण्ड होमस्टे निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्थमान बम्जन तामाङले बताएका छन् ।

तीन हप्ता अघि स्थानिय युवा अर्थमान बम्जन तामाङको अध्यक्षतामा उपाध्यक्ष बेलबहादुर स्याङतान, सचिब राजकुमार सिंगार, सहसचिव रणबहादुर सिंगार, कोषाध्यक्ष रेणु लो तामाङ, सदस्यहरु राम स्याङतान, लक्ष्मण स्याङतान, अशोक स्याङतान, आशिष बल, योगमान स्याङतान, सुन्तली डिम्डुङ तामाङ रहेको माझखण्ड होमस्टे निर्माण उपभोक्ता समिती गठन गरेको थियो ।

समितिको सोमबार बसेको बैठकले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थलको रुपमा ललितपुर जिल्लाको वाग्मती गाउँपालिका वडा न.५ इकुडोल, माझखण्डमा तामाङ नमुना गाउँ (होम स्टे) संचालन माझखण्डका सुनमाया स्याङतान, कल्पना माझी, योगमान स्याङतान, रेणु लो, राकेश डिम्डुङ, वाङग्याल बम्जन, अशोक स्याङतान, राजकुमार सिंगार, चित्र स्याङतान तामाङ गरि तत्काल ९ घरधुरीले होम स्टे संचालन गर्न लागेको समितिका अध्यक्ष तामाङले टेलिफोन सम्पर्कमा जनाएका छन् ।

वाग्मती गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यले ४ दिने अध्ययन अवलोकन भ्रमणले गर्दा इकुडोल माझखण्ड तामाङ नमुना गाउँ (होमस्टे) संचालन हुने बताउँदै माझखण्ड तामाङको मात्र बाहुल्यता रहेकोले लमजुङ घले गाउँ जस्तै माझखण्ड तामाङ नमुना गाउँ बन्नेमा दुईमत नरहेको बताए ।

वाग्मती–५ इकुडोलका वडाअध्यक्ष साजन दर्लामी मगरले माझखण्डमा निर्माण हुने तामाङ नमुना गाउँ (होमस्टे) निर्माणले तामाङ जातिको भेषभुषा, खानाका परिकार, संस्कार, सँस्कृतिको जगेर्ना गर्न, स्थानिय जस्तो माझखण्ड बुद्ध बिहार, रुद्रेश्वर महादेवको मन्दीर, पोखरी, रोपवे जस्ताको अवलोकन गरि स्वरोजगारको समेत माध्यम होमस्टे संचालनको उपलब्धी हुने कुरा जनाए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।