विप्लब समुहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय

काठमाडौं । विभिन्न गैरकानुनी क्रियाकलाप गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (विप्लव)लाई सरकारले प्रतिबन्ध लगाएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टी ’विप्लव’ समुहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बम विस्फोटलगायतका आपराधिक क्रियाकलाप सम्लग्न भएकाले प्रतिबन्ध लगाएको बताए ।

यो प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा केही दिनअघि नै गएको स्रोतले जनाएको छ । विप्लव समुहले आपराधिक कार्य गरी विकासका पूर्वाधारमा बम विस्फोट गराउने र शान्ति सुरक्षामथि आक्रमण गरेको भन्दै सरकारले प्रतिबन्ध लगाएको हो ।

यस सम्बन्धमा विप्लब समूहको आधिकारीक धारणा नआएपनि केही नेताहरुले भने सरकारको कडा प्रतिवाद गर्ने बताएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।