भक्तपुर । तामाङ चलचित्रकी लोकप्रिय नायिका रोशनी ब्लोनलाई पितृ शोक परेको छ ।
लामो समय देखि थला पर्नु भएका नायिक ब्लोनका पिता हिजो विहान स्वर्गारोहण हुनु भएको हो । कलेजोबाट पिडित रहँदै आउनु भएका नायिक ब्लोनका पिता सूर्जे वहादुर ब्लोनले हिजो विहान ८ बजे अस्पतालमा यो धर्ती छोड्नु भएको हो । २०१७ साल जेष्ठमा निजगढ नगरपालिका वडा नम्वर १ मा जन्मनु भएको ब्लोनको आज धार्मिक परम्परा अनुसार दहसंस्कार गर्ने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नायिका ब्लोनका पिताको निधन प्रति तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले समवेदना प्रकट गर्नु भएको छ । उहाँले नायिका ब्लोनको पिताको निधनले आफूहरु मर्माहित भएको बताउँदै परिवार जनमा धर्य धारणको कामना गर्नु भएको छ ।
नायिका ब्लोन तामाङ चलचित्र जगतमा निकै लोक प्रिय रहँदै आउनुभएको छ ।
उहाँको पिताको दहसंस्कार निजगढमा नै गर्न लागिएको परिवारिक स्रोतले जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















