इकुडोलमा बिउवीजन वितरण तथा पशु स्वास्थ्य शिविर सम्पन्न

श्याम ङेसुर तामाङ
ललितपुर । जिल्लाको वाग्मती गाउँपालिका वडा न. ५ इकुडोल स्थित सानोचिलामा एक दिने बिउवीजन वितरण तथा पशु स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ ।

वाग्मती–५ इकुडोल वडाको वार्षिक बजेटमा खरिद गरिएको विभिन्न जातजातिका तरकारी, मकैका बिउवीजन र पशुको गोबर ल्याब जाँच गरि औंषधी वितरण गरिएको थियो । यस शिविरबाट वडाभित्रका ३ सय ५१ घरधुरी लावन्वित भएको थियो । सो कृषिजन्य बस्तुको वितरण वडाअध्यक्ष साजन दर्लामी मगरले गरेका थिए । वडाअध्यक्ष मगरले कृषकहरुमा आर्थिक उपार्जन गर्न उपलब्धी बनोस, आम्दानीको श्रोत बढोस भन्ने उद्धेश्यले शिविर संचालन गरेको बताए ।

इकुडोलमा बिउवीजन वितरण तथा पशु स्वास्थ्य शिविर सम्पन्न

शिविरमा वाग्मती गाउँपालिकाका सातै वडाका पशु प्राबिधिक, वाग्मती–५ का कृषकहरु, वडा सदस्यहरु तेजप्रसाद तिमल्सिना, भीमकुमारी मोक्तान तामाङ ,सरिता बिश्वकर्मा, पारस बजगाई, सहायक पशु सेवा प्राबिधिक कमल सन्जेल, कार्यालय सहायक रमेश तिमल्सिना, कार्यालय सहयोगी रेणु थापा मगर, स्थानिय सहयोगी डोलप्रसाद तिमल्सिना, हरीप्रसाद तिमल्सिना लगायतको सहभागिता रहेको वडासचिब काशिप्रसाद दहालले बताएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।