तेमाल गापा अध्यक्ष विरुद्ध अख्तियारमा उजुरी गर्नुको कारण यस्तो रहेछ

काभ्रे । जिल्लाको तेमाल गाउँपालिका अध्यक्ष सलामसिं तामाङ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।तेमाल गाउँपालिका भित्रको नदीजन्य पदार्थ उत्खनन्मा अनियमितता गरेको आरोपमा अध्यक्ष तामाङ विरुद्ध अख्तियारमा उजुरी परेको हो ।

बोलपत्र भन्दा ६० प्रतिशतमा संझौता

अध्यक्ष तामाङले तेमाल गाउँपािलका वडा नं. २ र ३ मा रहेको बलुवा उत्खनन्बारे बोलपत्र आह्वान गरेको भन्दा ६० प्रतिशतमा संझौता गरेपछि उनी विवादमा मुछिएको थियो । वडा नं. २ र ३ का बासिन्दाले बस्ती, विद्यालय र स्वास्थ्यचौकी जोखिममा पर्ने अवगत गराउँदा पनि सुनकोशी बेवास्त गरेको आरोप लागेको थियो । अध्यक्ष तामाङ र प्रशासकिय अधिकृत सर्मिला लामिछानेले रातको १२ बजे उक्त संझौता गरेको उजुरीमा आरोप छ । जस अनुसार वडा नं. २ चुखाबेसी बगरमा १ करोड ५० लाख ८६ हजार र वडा नं. ३ च्युरीआँप बगरमा १ करोड ५० लाखमा बोलपत्र भएकोमा दुवैको ८३ लाखमा मात्र दुवाकोट कन्स्ट्रक्शन र शाली नदी निर्माण सेवा प्रालिसँग संझौता भएको छ ।

दुवाकोट कन्सट्रक्सन एवं शाली नदी निर्माण सेवा प्रालिका निमित्त सञ्चालक सत्यमान लामासँग सम्झौता गरी उत्खनन प्रक्रिया अघि बढाउन लगाएको र बीस प्रतिशत शेयरसमेत गाउँपालिका अध्यक्ष लामाले लिएको उजुरीमा उल्लेख छ ।

‘बयानब्बे सेन्टिमिटर मात्रै बालुवा निकाल्नुपर्नेमा ठेकेदारले १० देखि १५ मिटरसम्म बालुवा निकालकाले अख्तियारमा उजुरी हालेका हौँ ।’ उजुरी कर्ता डेनी लामाले भने, ‘बस्ती, विद्यालय र स्वास्थ्यचौकी जोखिममा पारी बोलपत्र आह्वान गरेको पाइयो ।’

ठेक्का लिएको कम्पनीले दुई स्थानमा सम्झौता विपरीत बालुवा झिक्दा स्थानीयवासीले उत्खनन बन्द गराएका छन् ।
अध्यक्ष लामाले बोलपत्रभन्दा केही प्रतिशत रकम घटाएर ठेक्का लिएको कम्पनीसँग सम्झौता गरेको स्वीकार्दै विवाद भएपछि बालुवा उत्खनन बन्द गराएको बताए । उनले भने, ‘मप्रति लगाएको आरोप झुठा हो, म पनि सम्बन्धित निकायले छानबिन गरोस् भन्नेमा छु ।’

जिल्ला समन्वय समितिको बैठकमा अध्यक्ष तामाङको रोइलो

नदीजन्य वस्तु उत्खनन् सम्बन्धमा गाउँपालिकामा विवादका कारण ठेकेदार कम्पनीसँगको सर्त पूरा गर्न नसकेपछि अध्यक्ष तामाङले जिल्ला समन्वय समिति काभ्रको बैठकमा आफ्नो सुरक्षाकोबारेमा प्रश्न गरेका थिए । विशेष गरि तेमाल गाउँपालिका वडा नं. ९ स्थित भण्डारी बेसीमा ठेकेदार सत्य लामाले विभिन्न कारण देखाउँदै टेन्डर रद्ध गर्न र आफ्नो लगानी फिर्ता गर्न अध्यक्ष तामाङसँग दवाव दिएको थाहा भएको छ ।

अध्यक्ष तामाङले ठेकेदारको कुरा नमानेमा आफूले तेमाल छोड्नुपर्ने परिस्थिति आउने समेत बताएको बैठकमा सहभागी एक जनप्रतिनिधिले तेमाल अनलाईनलाई बताए । ‘मलाई सुरक्षा चाहियो । त्यो टेण्डर रद्ध गरेन भने म तेमालमा बस्नै सक्दिन ।’ उनको कुरालाई उदृत गर्दै उनले भने, ‘कि मलाई पूर्ण सुरक्षा चाहियो कि भने टेण्डर रद्ध गर्नुप¥यो ।’ बैठकमा उनले टेण्डर रद्ध गर्ने तरिका बताउन अनुरोध समेत गरेका थिए । उनले गुहार मागेपछि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले विधि र प्रक्रियामा भएको टेण्डर आफूखशी रद्ध गर्न नमिल्ने सुझाएका थिए । अदालती प्रक्रियाबाट मात्र रद्ध गर्ने या नगर्ने भन्ने टुंगो लाग्ने प्रमुख केसीले बताएपछि अध्यक्ष तामाङ निरास भएका थिए ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला