श्याम ङेसुर तामाङ
काठमाडौ । काठमाडौ जिल्ला, शङखरापुर नगरपालिका वडा न. १ नाङलेभारीका सानू ग्लान तामाङले आफ्नो जन्मदिनको अवसरमा मृगौला पिडितलाई आर्थिक सहयोग गरेका छन् ।
बुधबार ३८ वर्षमा प्रबेश गरेको जन्म दिनको अवसरमा नाङ्लेभारीका दुबै मृगौलाले पिडित हर्कबहादुर बम्जन तामाङलाई बमजनले रु. १५ हजार ५ सय ५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् ।
घाङ ह्री भ्यु रिसोर्टको संचालक समेत रहेका समाजसेबी ग्लानले वर्तमान समयमा तडक भडक गरेर जन्म दिन मनाएर फजुल खर्च गरेर मनाउने क्रममा आफुले त्यो भन्दापनि पीडा जिबनलाई मृत्युसँग लडिरहेका मृगौला पिडित बम्जनलाई सहयोग गर्न पाएकोमा आफुलाई सन्तुष्टि मिलेको बताए । मृगौलापिडित हर्कबहादुर बम्जन तामाङको आर्थिक अवस्था कमजोर भएका कारणले उपचारमा कठिनाई भएको पारिवारिक श्रोतले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















