नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश ३ को अध्यक्षमा पेमा

काभ्रे । नेपाल आदिवासी जनजाति पत्रकार महासघ, प्रदेश ३ को अध्यक्षमा पेमा लामा (संघर्ष) सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । हिजो (शुक्रबार) नुवाकोटमा सम्पन्न प्रथम महाधिवेशनले लामालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

महाधिवेशनले उपाध्यक्षमा युवराज श्रेष्ठ, महिला उपमाध्यक्षमा अञ्जु डिम्दोङ, महासचिवमा सुरज कुमार भुजेल, संगठन सचिवमा पूर्णिमा स्याङबा, संस्थागत सचिवमा श्याम रानामगर, कोषाध्यक्षमा पूर्णभक्त दुवाललाई पनि सर्वसम्मत निर्वाचित गेको छ । त्यसैगरि खुल्ला सदस्यहरुमा बाबुकाजी श्रेष्ठ, विनोद श्रेष्ठ, साहिला तामाङ, रामशरण माझी, महिला सदस्यहरुमा लक्ष्मी शाक्य, सम्झना श्रेष्ठ, कुन्जना पुलामी, संस्थागत सदस्यहरुमा डोल्मा शेर्पा, राजेश रुम्बा तामाङ, जीवन लिम्बु, नविन रानामगर, राजेश बज्राचार्य, अल्पसंख्यक सदस्य पुष्पा राई हायू, अनुशासन संयोजक दिलबहादुर लामा, सदस्यहरु राजकुमार शाक्य, रिदेन महर्जन रहेका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश ३ को अध्यक्षमा पेमा

सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका लामा विगत लामो समय देखि काभ्रेमा पत्रकारिता गर्दै आएका छन् । उनी प्रेस सेन्टर नेपालका प्रदेश ३ संगठन समितिका सह–सचिव, नेपाल तामाङ पत्रकार संघका केन्द्रिय सचिव समेत हुन् । उनी राष्ट्रिय समाचार समिति काभ्रे प्रतिनिधि, काभ्रेबाट प्रकाशित जनप्रतिरोध साप्ताहिकका सम्पादक पनि हुन् । महाधिवेशनको उद्घाटन पूर्व मन्त्री तथा सांसद हितबहादुर तामाङले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।