तामाङ चलचित्र संघले चैत्र ५ गते मंगलबार पत्रकार सम्मेन गर्ने भएको छ । चलचित्र संघको आयोजनामा तेस्रो तामाङ चलचित्र महोत्सव गर्न बारे पत्रकार सम्मेलन गरेर जानकारी गर्न लागेको हो ।
यस अघि तामाङ चलचित्र महोत्सव पहिलो चितवन र दोस्रो मकवनपुरमा गरेका थिए । यस वर्ष भने प्रदेश नं. ३ को नमोबुद्ध नगरपालिका, काभ्रेपलाञ्चोक जिल्लाको भकुण्डे बेसीमा हुने चलचित्र संघका केन्द्रीय अध्यक्ष बिकु थोकरले जानकारी दिनु भएको छ ।
पत्रकार सम्मेलन बौद्ध स्थित तामाङ चलचित्र संघको केन्द्रीय कार्यालय तामाङ भवनमा हुने थोकरले जनाउनु भयो । साथै उक्त पत्रकार सम्मेलनमा सम्पूर्ण पत्रकारहरुलाई उपस्थित भईदिनु हुन अनुरोध समेत गरेका छन् ।