काठमाडौँ ।
ईजिप्टको अलेक्जेन्ड्रियामा एम एम एन एक्सीलेन्स अवार्ड नेपालका दिपक डोटेलले हात पारेका छन् । राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा सुप्रसिद्द नायक तथा समाजसेवी दिपक डोटेलले ‘मोडल’ विधाको यसवर्षको एम एस एन एक्सीलेन्स अवार्ड हात पार्न सफल भएका हुन् ।
‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा संचारकर्मी, गायक गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, ईभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।
ईजिप्टका सफल व्यवसायी मोहम्मद वालिद रसादाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा ईजिप्टका चलचित्र निर्देशक मोहम्मद अलि र ईजिप्टका वरिष्ठ संचारकर्मी डालिय हसन विशेष आतिथिको रुपमा रहेका थिए ।
ईजिप्टको अलेक्जेन्ड्रियामा ‘एम एस एन एक्सीलेन्स अवार्ड’ डोटेललाई
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















