टिकाभैरवमा रक्तदान कार्यक्रम सम्पन्न

श्याम ङेसुर तामाङ
ललितपुर । ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा न. ६ टिकाभैरवमा शनिबार ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम नेपाल रेडक्रस सोसाईटी, चापागाउँ उपशाखा, टिकाभैरव सो–क्योकुसिन कराँते डोजो र प्राकृतिक कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
टिकाभैरव मन्दिर परिसरमा भैरव गणका कर्णेल रणबहादुर खड्का सहित नेपाली सेनाका २५ जना स्थानिय खेलाडी र अन्य गरि ८४ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा टिकाभैरव सो–क्योकुसिन कराँते डोजो प्रमुख दिनेश नगरकोटी, प्राकृतिक कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिना लगायतको सहभागिता रहेका थिए । रक्तदाताहरुलाई धन्यबाद सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा टिकाभैरव, बज्रबाराही, जनभावना क्याम्पस प्रांगणमा गरि १ सय ९३ जना रक्तदाताहरुले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी चापागाउँ ,उपशाखाका सभापती मदन श्रेष्ठले बताए।
तस्बिर । दिनेश नगरकोटी

Comments

comments