क्यान्सर पिडित छोरा बचाउन बुबाको गुहार

श्याम ङेसुर तामाङ
ललितपुर । प्रत्येक बुबाको जिउने सहारा आफ्नै सन्तान मान्ने चलन हाम्रो समाजमा छ । अभाव र पिडामा जिउन बाध्यहरुको लागि त झन् आफ्नो सन्तान बुढेसकालको सहारा नै हो ।

आफ्नो बुढेस कालको सहाराको रुपमा रहेका ललितपुर जिल्ला वाग्मती–५ इकुडोल, माझखण्ड, पोखरीडाँडाका भिमबहादुर जिम्बालाई छोरा बचाउ गाह्रो भएको छ । उनका २१ वर्षिय शुरेश जिम्बा तामाङको उपचारको लागि आर्थिक अभाब भएको छ । पारिवारिक अवस्था आर्थिकरुपमा नाजुक भएका कारण उपचारमा कठिनाई भएको छ । जिम्बाले आफ्नो छोराको जीवन बचाउनको लागि हारगुहार गरेका छन् ।

चिकित्सकसँग केही महिना अघि चेक जाँच गर्दा छातिमा मासु पलाएर समस्या देखेपछि चिकित्सकले क्यान्सर भएको पत्ता लगाएका थिए । डाक्टरले क्यान्सरबाट बचाउनको लागि अप्रेसन गर्नु पर्ने भनेपछि अप्रेशन गर्न ७ लाख भन्दा माथी खर्च लाग्ने भएकोले जिम्बाले यतिखेर आफ्नो छोरा बचाउन सबैसँग हारगुहार गरेका हुन् ।

केही दिन पछि टिचिङ हस्पिटल, महाराजगन्ज, काठमाडौमा अप्रेशन गर्ने भएकोले जिम्बाले मोबाइल नम्बर ९८६३४८८९०७ मा सम्पर्क गरेर सहयोगको लागि सबैमा अपिल गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।