श्याम ङेसुर तामाङ
ललितपुर । ललितपुरको वाग्मती गाउँपालिका वडा नं. ३ भट्टेडाँडा, भैसेमा अवस्थित श्री भानु आधारभुत विद्यालयको स्वर्ण महोत्सब सम्पन्न भएको छ । ललितपुर जिल्ला क्षेत्र न.१ का प्रतिनिधि सभाका सांसद नवराज सिलवालले एक भब्य समारोहकाबिच दीप प्रज्वलन गरी शुक्रबार उद्घाटन गरेका थिए ।

महोत्सवको समुदघाटनमा सांसद सिलवालले विद्यालयले तयार गरेको भानु स्मारिकाको समेत विमोचन गरेका थिए । कार्याक्रममा सांसद सिलवालले दक्षिण ललितपुरको विकासको लागि शहरमा बसोबास गर्दै आएका यस भेगका बासिन्दालाई गाउँमा नै कृषि, पशुपालन, होमस्टे, व्यापार, ब्यवसाय गरि शहरमा भन्दा गाउँमा आर्थिक उपार्जन गर्ने बाताबरण तयार गर्न आफू लागेको बताए ।

उनले नेपाल सरकारले नेपाल कम्युनिष्ट पार्टी बिप्लबलाई प्रतिबन्ध लगाएको प्रती लक्षित गर्दै बिप्लब माओबादीलाई वार्ताको माध्यमबाट राजनितिक मुद्दाहरु सम्बोधन गर्न सकिने भएकोले सरकार र बिप्लब माओबादी बिच तत्काल बार्ताको बाताबरणको बन्नु पर्ने बताउँदै बाताबरण बनाउन आफू लाग्ने बताए ।

स्वर्ण महोत्सब उदघाटन समारोहमा दक्षिण ललितपुरको विकास, समृद्धि र समुन्नत दक्षिण ललितपुर निर्माण गर्नको लागि प्रदेश सभाका सांसदहरु चेतनाथ सन्जेल, लालकुमारी पुन (शुशिला), वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन तामाङ, उपाध्यक्ष रन्जना घिमिरे, नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता राजु आले मगरले जोड दिएका थिए ।

महोत्सवमा नेपाल राष्ट्र बैकका उपनिर्देशक मुक्तिनाथ सापकोटा, भैरब गणका गणपती कर्णेल रणबहादुर खडका, वाग्मती–३ र ७ वडाका वडाअध्यक्षहरु क्रमशः विष्णुप्रसाद तिमल्सिना, नवराज सन्जेल, गैरसरकारी संस्था महासङ्घ ललितपुर जिल्ला अध्यक्ष रामहरी घिमिरे, जनभावना क्याम्पस प्रमुख शिवराज सन्जेल, जिल्ला आयोजना कार्यन्वयन इकाई प्रमुख प्रकाश महर्जन, महाकाली देवी मावि प्र.अ.राजुप्रसाद बजगाई, भानु आधारभुत विद्यालयका संस्थापक प्र.अ. बद्रीप्रसाद घिमिरे, सहकारीका अभियन्ता माधब दुलाल लगायतले भानु आधारभुत विद्यालयको प्रगती ,उन्नतिका निमित्त शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

भानु विद्यालयको स्वर्ण महोत्सबको समुदघाटन सम्पन्न ,

महोत्सव सम्पन्न गर्न सहयोग गर्ने दाताहरुलाई प्रतिनिधि सभाका सांसद नवराज सिलवाल, प्रदेश सभाका सांसदद्वय चेतनाथ सन्जेल, लालकुमारी पुन शुशिला, वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन तामाङले सम्मान पत्र, खादा प्रदान गरेका थिए ।

विद्यालयका प्र.अ. केदारप्रसाद सापकोटाले स्वागत मन्तब्य, शिक्षक एबम बुद्धिजीवी मेदनाथ सापकोटाले सन्चालन गरेका स्वर्ण महोत्सब समुदघाटन समारोह भानु आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार सन्जेलको सभाअध्यक्षतामा सम्पन्न भएको हो । भानु आधारभुत विद्यालयको स्थापना वि.सं. २०२५ चैत्र ९ गते त्यस्ताकाका स्थानिय भद्रभलादमीहरु मध्ये विष्णुहरि सापकोटाको अध्यक्षतामा कोषाध्यक्ष विष्णुराम थिङ तामाङ, सदस्यहरु झलकनाथ सापकोटा, लिलाधर सापकोटा, दशरथ ङेसुर तामाङ, हिरालाल बजगाई, शङखरीनाथ घिमिरे ,निलकण्ठ चौरेल र संस्थापक सदस्य तथा सचिब प्र.अ.बद्रीप्रसाद घिमिरे रहेर स्थापना भएको थियो ।

वाग्मती गाउँपालिका भित्र ५० वटा सामुदायिक विद्यालय मध्येमा वाग्मती–३ भट्टेडाँडामा मावि र आधारभुत गरि ८ विद्यालय रहेको वाग्मती गाउँ पालिकाका उपाध्यक्ष रन्जना घिमिरेले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।