श्याम ङेसुर तामाङ
सर्लाही । सर्लाही जिल्लाका जेहेन्दार, आर्थिक अवस्था कमजोर भएका दलित, आदिवासी जनजाती र अन्य समुदायका २ हजार २० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
शिक्षामा थप टेवा मिलोस, विद्यालयमा नियमित विद्यार्थी आउने वातावरण होस भन्ने उद्धेश्यले आईतबार सर्लाहीका ती विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको हो । सामाजिक अभियन्ता कृष्णबिक्रम शाह, विनय चौधरी, प्रतिमा न्यौपाने, पुष्पा गुरुङ, अष्ट्रेलियाका नागरिक स्टेभे ब्युउती र नेपाल तामाङ घेदुङका केन्द्रीय सचिब तथा विपत ब्यवस्थापन विभागका संयोजक रामकृष्ण ब्लोन लामाको पहलमा सर्लाही जिल्ला स्थित होस्ते हैसे मावि धनगडा, होस्ते हैसे आधारभुत विद्यालयहरु सहिदवा, पदरिया, श्रीपुरका चार वटा विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेको हो ।
ती विद्यालयहरुलाई नेपाल सरकारले सहयोग नगरेकोले बाध्य भएर विद्यालयका शिक्षका, शिक्षिकाहरुलाई तलब लगायत अन्य आर्थिक सहयोगहरु दाताहरुले बर्सेनी ५६ लाखसम्म विभिन्न ब्यक्ति तथा संघ संस्थाहरुबाट आर्थिक संकलन गरि दिदै आएकोले नेपाल सरकारले सहयोग गर्नु पर्ने घेदुङका केन्द्रीय सचिब तथा विपत ब्यवस्थापन विभागका संयोजक लामाले आग्रह गरेका छन् ।






















