मृगौला पिडित एकबहादुरलाई आर्थिक सहयोग

सिन्धुली । विगत लामो समयदेखि मृगौला पिडित बनेका सिन्धुली जिल्ला, मरिन गाउँपालिका वडा नं. २ का एकबहादुर ठाडा मगरलाई नेपाल तामाङ घेदुङका केन्द्रीय सचिब तथा विपत ब्यवस्थापन बिभागका संयोजक रामकृष्ण ब्लोन लामाले नगद आर्थिक सहयोग गरेका छन् ।

मंगलबार एक कार्यक्रमका बीच सचिव लामाले मृगौला पिडीत मगरलाई रु. ५ हजार आर्थिक सहयोग गरेको हो । हाल मृगौला फेल भई ललितपुरको किस्ट अस्पतालमा डाइलासिस गरिरहेका भएका मगरको आर्थिक अवस्था कमजोर भएकाकारणले आर्थिक सहयोग गरेको घेदुङका केन्द्रीय सचिब लामाले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।