भक्तपुर । अस्पतालको लापरवाहीले तेमाल गाउँपालिका वडा नम्वर ६ स्थित ठुलो पर्सेलका सानु तामाङको मृत्यु भएको छ ।
डा इवामुरा अस्पताल सल्लाघारीको लापरवाहीले उनको मृत्यु भएको हो ।
६८ बर्षिया तामाङ गाउँमा नै लडर दुवै हात भाँची उपचारका लागि अस्पताल पुगेका थिए । तर उनलाई उक्त अस्पताल जानु मृत्यु सँग सम्झौता नै गर्नु पर्यो । अस्पतालको लापरवाहीले उनको अस्पताल पुगेकै दिन बुधवार नै मृत्यु भएको आफन्तको भनाई छ ।


अस्पतालको लापरवाहीले उनको मृत्यु भएसँगै घटना गुपचुप राख्न अस्पतालले आफन्तलाई होटल ग्रिनल्याण्डमा बार्ता गरेको थियो ।
बार्ताबाट मृतकका आफन्तलाई विषेश छुटमा अस्पतालमा उपचार गर्ने र उनको मृत्यु प्रति क्षतिपूर्तिका रुपमा रु पाँच लाख दिने सहमती भएको आफन्तले जानकारी दिएका छन् ।
उता अस्पताले भने उनको हाई प्रेसर र सुगरको कारण मृत्यु भएको भन्दै पन्छिएको छ ।
अस्पताल पुगेका उनको हातको अपरेशन गर्नु पर्ने भन्दै दुवै हातको अपरेशन गरि दिएको थियो । अपरेशन गर्नको लागि अस्पतालले विरामीको ब्लड प्रेसर सुगर लगाएतको चेक गर्नु पर्ने हो तर अस्तालले पैसा लिने हातारोका कारण कुनै पनि चेक नगरि हतारमा अपरेशन गर्दा उनको मृत्यु भएको खुल्न आएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।