भक्तपुर । डम्फुको महत्व दर्शाउँदै काठमाडौंको दबारमार्गमा ऐतिहासिक डम्फु साँझ हुने भएको छ ।

“ह्याङला डम्फु ह्याङलान शान, चुनोन ह्याङला तामाङ पहिचान” भन्ने मुल नाराका साथ ऐतिहासिक डम्फु साँझ हुने भएको हो ।

तामाङ संस्कृतिको पहिचान एवं महत्वको बाद्य यन्त्र डम्फुको महत्व दर्शाउने उदेश्यका साथ उक्त साँझ गर्न लागिएको लोकप्रिय गायक तथा संगीतकार विश्व दोङले जानकारी दिनुभयो ।

कार्यक्रममा डम्फुको महत्व साथै तामाङ धर्म संस्कृति र परम्परामा डम्फुको महत्वको विषयमा विभिन्न जानकारीका साथै साँस्कृतिक कार्यक्रम समेत गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा चर्चित नायिका रेखा थापा र  चर्चित नायक कुमार मोत्तान आमन्त्रित कलाकारहरु हुन भने चर्चित गायक तथा संगीतकार विश्व दोङ, प्रयास दोङ, जितु लोप्चान, लगाएतका कलाकारहरुको प्रस्तुती रहने छ । साथै कार्यक्रममा मिस तामाङ विजेताहरुलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

यहि चैत २३ गते काठमाडौंको दरबारमार्ग स्थित जुजुबा लाउन्ज एन्ड बारमा उक्त कार्यक्रम हुने आयोजकले जानकारी दिएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।